आजकलका किशोर तथा युवा पुस्ताले मायाप्रेम भन्दा गुणस्तरीय इन्टरनेट चाहेको पाइएको छ । बेलायतमा भएको एक सर्वेक्षणअनुसार पछिल्लो पुस्ता विश्वसनीय इन्टरनेटको पक्षमा रहेको पाइएको हो ।
मोबाइलको पहुँच सहज हुँदै गएपछि त झन् इन्टरनेटको लोकप्रियता थप बढ्दै गएको देख्न सकिन्छ । आजभोलि त झन् घर बाहिर जानु भन्दा पनि अनलाइनमा बस्न बढी रुचाउने देखिएको छ ।
बेलायतको मोबाइल नेटवर्क अपरेटर एवं इन्टरनेट सेवाप्रदायक ‘ईई’ की निर्देशक शारन मिडोजले गरेको सो सर्वेक्षणमा सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका दुई हजार जनालाई सहभागी गराइएको थियो ।
सर्वेक्षणमा सोधिएका प्रश्नका उत्तर दिने क्रममा किशोर तथा युवाले घर बाहिर घुम्न जानुभन्दा अनलाइन बस्न, साथी बनाउन बढी रुचि देखाएका छन् ।
‘सन् २०२२ को प्राथामिकता’ भन्ने विषयमा गरेको सो सर्वेक्षणमा ७४ प्रतिशत सहभागीले ‘कनेक्टिभिटी’ लाई महत्व दिएका छन् भने त्योभन्दा बढी ७७ प्रतिशतले आफ्नो भविष्यमा केन्द्रित हुने विषयलाइ उल्लेख गरेका छन् ।