ओपो एफ सिरिजका फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार एफ१९ प्रोको मूल्य घटेर ३९ हजार ९९० रुपैयाँबाट अब मात्र ३५ हजार ९९० रुपैयाँमा बजारमा उपलब्ध छ।
ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाइको रुपमा पर्न सफल रहेको मानिन्छ। यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको छ।
एफ१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ । एफ१९ प्रोसँग यसका डिजाइन र प्रविधिसँगै ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भीओओसी फ्लास चार्ज ४.० प्रविधि, कलर्स ११.१ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पुरयाउँछ।