९ चैत्र २०७९, बिहीबार

चौधरी ग्रुपले ल्यायो उपभोक्ता उपकरण ब्रान्ड ‘माइडिया’ !



उपभोक्ता उपकरण ब्रान्ड ‘माइडिया’

चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स उपभोक्ता उपकरण ब्रान्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेको छ ।

चौधरी ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । दुई पक्ष बीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

उपभोक्ता उपकरण ब्रान्ड ‘माइडिया’ का साना घरेलु उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टीमर, स्ट्यान्ड फ्यान, फूड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पीटीसी सिरामिक हिटर, ओएफआर हिटर) नेपाली बजारमा पहिले देखि नै विक्री वितरण गर्दै आइरहेको छ, साथै ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम – ड्राइ, ड्रम – वेट एण्ड ड्राइ), वासिंङ मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको छ । योसँगै कम्पनीले माइडिया ब्राण्डका अन्य धेरै उत्पादनहरु पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त !


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः