१० असार, काठमाडाैँ । नेटफ्लिक्सले थप कर्मचारी कटाैती गरेको छ। सुस्त बृद्धि र बढ्दो प्रतिस्पर्धाको नेटफ्लिक्सले शुक्रबार थप कर्मचारी कटाैती गरेको हो।
भिडियो स्ट्रिमिङका लागि चर्चित कम्पनी नेटफ्लिक्सले थप ३०० कर्मचारी कटाैती गरेको जानकारी दिएको छ। यो संख्या नेटफ्लिक्सको जम्मा कर्मचारीको ४ प्रतिशत हो।
यसभन्दा अघि नेटफ्लिक्सले मे महिनामा १५० जना कर्मचारी बिदा गरेको थियो।
कम्पनीले अप्रिलमा एक दशक भन्दा बढीमा ठूलो संख्यामा आफ्ना ग्राहकहरू गुमाएको रिपोर्ट देखिएपछि कर्मचारी कटाैती गर्न थालेको हो।
नेटफ्लिक्सले कम्पनीको बढावाका लागि विज्ञापन समर्थित सेवा र पासवर्ड पोलिसि थप कडा बनाउँदै लगेको छ।
‘हामीले व्यापारमा उल्लेखनीय रूपमा लगानी गरिरहँदा पनि फाइदा कम हुँदै गएपछि हामीले कर्मचारी समायोजन गर्याैँ।’, नेटफ्लिक्सले विज्ञप्तीमार्फत भनेको छ।
विश्वभर नेटफ्लिक्सका २२ करोडभन्दा बढी ग्राहकहरू छन्। तर पनि डिज्ने प्लस र अमेजन प्राइम भिडियोहरू सार्वजनिक भएपछि नेटफ्लिक्सको प्रतिस्पर्धाको दायरा बढिरहेको छ।