९ चैत्र २०७९, बिहीबार

उठ्न अल्छी मान्ने पुरूषले बनाए गुड्ने खाट, सुतेरै गए माछा मार्नसम्म



१३ असार, एजेन्सी । चीनमा एक जनाले गुडाउन मिल्ने खाट बनाएका छन्। चीनको युआन प्रान्तका झु जियान्किङले पाङ्ग्रा राखेको गुडाउन मिल्ने खाट बनाएका हुन्।

उनले सामाजिक सञ्जाल डोयुनमा पोस्ट गरेको भिडियो अहिले सबैतिर चर्चाको विषय बनिरहेको छ। चीनमा मात्रै परिचित सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो अहिले फेसबुक र ट्वीटर लगायत चर्चित सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो।

सामाजिक सञ्जालमा झुले पोस्ट गरेको भिडियोमा उनी कुकुरको साथमा सुतिरहेको देख्न सकिन्छ। उनी सोही खाटमा सुतेर विभिन्न ठाउँ घुम्दै माछा मार्न समेत गएका छन्। उनले बनाएको खाट मानिस हिडेको गतिमा मात्रै गुड्ने पनि बताइएको छ।

एक अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार झुलाई बालापनदेखि नै उठ्न समस्या हुने गरेको थियो। उनी कयाैँ पटक स्कुल ढिलो समेत पुगेका थिए। ‘यस्तो अवस्थामा मैले सोचे की खाटमा सुतेकै अवस्थामा विद्यालय जान सकियो भने राम्रो हुने भएकाले यो निर्माण गरेको हो।’, उनले भनेका छन्।

सामाजिक सञ्जालमा उनले निर्माण गरेको खाटको प्रशंसा भइरहँदा कतिपयले भने उनको यो प्रविधिले अल्छीपनालाई प्रवर्द्धन गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन।

तथापी, उनको यो विकास शारिरिक रूपमा अशक्त व्यक्तिहरूका लागि भने अति उपयोगी हुने देखिएको छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः