Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
अपडेट

दुर्घटना बढ्दै गएपछि नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गरिँदै

दुर्घटना बढ्दै गएपछि नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गरिँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२२ असार, नेपालगञ्ज । नेपालगञ्ज बजारक्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन । सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।

अत्यधिक ई–रिक्साका कारण सबैजसो सडकमा अनावश्यक जाम लाग्ने, दुर्घटना हुने तथा अव्यवस्थित तरिकाले चलाउने र पार्किङ भद्रगोल हुन थालेसँगै ई–रिक्सालाई व्यवस्थित गर्न नेपालगञ्ज उपमहानगरपालिकाको सक्रियता बढेको छ ।

ठूलो सङ्ख्यामा रहेको ई–रिक्सा व्यवस्थित नभएका कारण दुर्घटना बढ्दै गएको र ट्राफिक अव्यवस्थित भएको तथा जनगुनासो आएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

यहाँ सञ्चालित ई–रिक्साको सही तथ्याङ्क पत्ता लगाउन आगामी साउन १५ गतेभित्र सूचीकृत गरिने बताइएको छ । यस विषयमा सम्बद्ध सबै निकायसँग छलफल भइसकेको छ ।

नेपालगञ्जका उपमेयर कमरुद्दिन राईले ई–रिक्सा व्यवस्थापन नगरको मुख्य टाउको दुःखाइको विषय भएको गुनासो गर्दै उचित व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नु आवश्यक भइसकेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ठूलो सङ्ख्यामा रहेका ई–रिक्सा सडक जाम र दुर्घटनाको कारक बनेकाले व्यवस्थित नगरेसम्म समस्या आइरहने बताए ।

यहाँका चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनलाई जहाँ पायो त्यही पार्किङ गर्न निषेध गर्नुपर्ने र धेरै ठाउँमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने प्रबन्ध मिलाउनु आवश्यक भएको उनले बताए ।

व्यवस्थापनका लागि नगरमा सञ्चालित ई–रिक्साहरूको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने र रुटको व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?