२७ असार, एजेन्सी । ट्वीटरले एलन मस्कसँग कानुनी लडाइका लागि प्रक्रिया सुरू गरेको बताइएको । ४४ अर्ब डलरमा ट्वीटर खरिद् गर्ने सम्झाैता गरेका मस्कले अहिले खरिद नगर्ने बताएसँगै ट्वीटर कानुनी लडाइँमा लाग्न थालेको हो।
द हिलका अनुसार ट्वीटरले मस्कसँग कानुनी लडाइँ लड्नका लागि न्यु योर्कमा कार्यालय रहेको वाचटेल, लिपटन, रोजन एण्ड काट्ज एलएलपी जस्ता ठूला ल फर्महरू हायर गरेको छ।
ट्वीटरले डेलवेयरमा अर्को हप्ता मुद्दा दायर गर्ने बताइएको छ। त्यस्तै, मस्कले भने क्वुन् एमानुएल अर्कहर्ट एण्ड सुलिभान जस्ता ल फर्म हायर गरेका छन्।
‘ट्विटर बोर्डमस्कसँग सहमत भएका मूल्य र सर्तहरूमा लेनदेन बन्द गर्न प्रतिबद्ध छ र मर्जर सम्झौता लागू गर्न कानुनी कारबाही अगाडि बढाउने योजना छ। हामी विश्वस्त छौं कि हामी डेलावेयर कोर्ट अफ चान्सरीमा विजयी हुनेछौं।’ ट्वीटरका चेयरम्यान ब्रेट टेलरले शनिबार भनेका छन्।
मस्कले शनिबार ट्विटरमा मस्कको टोलीले पठाएको पत्रमा ४४ बिलियन डलर (लगभग रु ४२०,००० करोड) ट्विटर खरिद सम्झौता खारेज गरेको घोषणा गरेका थिए।