Trending:

टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सुनुवाई भूकम्प प्रभावित जिल्लामा टेलिकमको नमुना सेवा टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध सामाजिक सञ्जालमार्फत स्वस्तिमा खड्काको आक्रोश चीनले सुरु गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने टिकटक बन्द गर्ने निर्णयमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन टिकटक बन्द गर्नु उचित होइन : शङ्कर पोखरेल रविले भने , “सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन” टुइटर फेसबुक पनि प्रतिबन्ध हुनसक्छ- राप्रपा अध्यक्ष लिङ्देन आज राति १२ बजे बाट टिकटक नचल्ने ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा पन्त चयन मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो नेपाल टेलिकमको प्रबन्धक, प्रशासनको नतिजा सार्वजनिक इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित पोखरामा तार भूमिगतको कामले गति लियो नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा आइएमई ग्रुपद्वारा प्रधानमन्त्री दाहाललाई १ करोड ५० लाखको चेक हस्तान्तरण बुद्ध एयर भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै MDMS (एमडिएमएस) प्रणालीमा दर्ता नभएका फोन आजदेखि नचल्ने भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख भूकम्पपीडितलाई प्राधिकरणको एक करोड सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ नेपाल स्टार्टअप फेस्ट २०२३ डिसेम्बरमा हुने, सहभागिताका लागि आवेदन खुला पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, ८३ जना पक्राउ कोड फेस्ट २०२३ सम्पन्न स्मार्टफोनको फिंगरप्रिन्टले काम गरेन ? यसरी समाधान गर्नुहोस् मोबाइल कभरमा तपाई पनि नोट राख्नुहुन्छ ? जान्नुहोस् किन यो गर्नु खतरनाक हुन सक्छ गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस् आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी चाडवाँडलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार अब आईएमई पेबाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द iOS 17 मा फोटोलाई स्टिकरमा कसरी बदल्ने स्मार्टफोन ब्राण्ड रियलमीको फ्यान फेस्ट हुदैँ
अपडेट

अवैध कल सेन्टर : दैनिक एक करोडको कारोबार हुने गरेको खुलासा

१२ श्रावण २०७९, बिहीबार ११:१५
१२ श्रावण २०७९, बिहीबार ११:१५

१२ साउन, काठमाडाैँ । अवैधरूपमा सञ्चालित कल सेन्टरको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान गर्न ब्यूरो (सीआईबी) को टोली रूपन्देही आइपुगेको छ ।

तिलोत्तमा २ जानकीनगरस्थित ब्लू स्काई सोलुसन प्रालिको कल सेन्टरमा रूपन्देही प्रहरीले साउन ८ गते आइतवार छापा हानको थियो । नौजना संचालकलाइ नियन्त्रणमा लिए पनि अहिले भने दुईजनालाई हिरासतमा राखेर प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको हो ।

कल सेन्टरमा त्यहाँ भइरहेका गतिविधि यसका प्रभावका बारेमा सूक्ष्म अध्ययन अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बताए ।

केसीले भने, ‘‘अहिले दुई जनालाई हामीले इलाकामा राखेका छौं, साइबर ब्युरोकोको टोलीले अनुसान्धान गरिरहेको छ, अब अनुसन्धानका आधारमा कुन मुद्दा आर्कषित हुन्छ, सोहि अनुसार कारबाही गरिने छ ।’’

सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृतसहितको दुईजनाको टोलीले मंगलवारबाट अनुसन्धान थालेको हो । कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले बताएको छ । यहाँ दैनिक एक करोड बराबरको कारोबार हुने गरेको पाइएको छ ।

मंगलवारदेखि सीआईबीको टोलीले बरामद गरिएका कम्प्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएका एप्सहरूबारे अनुसन्धान थालेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।

साइबरसम्बन्धी जनशक्ति नहुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानका लागि सीआईबीबाट टोली मगाएको थियो ।

प्रहरी नायव उपरिक्षक (डिएसपी) ठगबहादुर केसीका अनुसार ठगी कसूरमा मुख्य अभियुक्तका रूपमा भारतको बिहारका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका–१३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले साउन ८ गते दिनमा ९ जना संचालक र २१५ जना कामदारलाई नियन्त्रणमा लिएको थियो ।

बैंकिङ एप्समार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाइएको छ । तिलोत्तमा–२ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक ३ लाख २५ हजार रुपैयाँ तिरेर घर भाडामा लिएको थियो । तिलोत्तमाको कल सेन्टर र काठमाडौंको कल सेन्टरबीच सम्बन्ध रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बुटवल आएको सीआईबीले काठमाडौंसहित देशका मुख्य शहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंकासहित अनुसन्धान अघि बढाएको बताएको छ । आइतबार प्रहरीले त्यहाँ काम गर्ने १५० जना किशोर किशोरीलाई पक्राउ गरेको थियो । सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गने, मानिसलाई धम्क्याउने लगायतका गतिविधि हुने गर्दथे ।

यहाँ १६ देखि २२ वर्ष उमेर समूहका किशोर किशोरीको प्रयोग गरेर चाइनिज सफ्टवेयरको प्रयोग मार्फत् गैरकानुनी काम हुने गरेको थियो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?