१२ मंसिर २०७९, सोमबार

Logo

विन्डोज १२ को रिलिज मिति कहिले?



माइक्रोसफ्ट विन्डोजले अबका आफ्ना रिलिजलाई नयाँ तालिकामा सार्दै छ। यस कारण विन्डोज १२ अबको दुई वर्षमा हामीसँग हुन सक्ने सम्भावना छ। यो नयाँ तालिका अनुसार माइक्रोसफ्ट विन्डोज पहिले जस्तै तीन वर्षे रिलिज चक्रमा फर्किएको अनुमान गर्न सकिन्छ। विन्डोज सेन्ट्रल अनुसार माइक्रोसफ्टको नयाँ रिलिज साइकलले कम्पनीलाई हरेक तीन वर्षमा विन्डोजको नयाँ संस्करण रिलिज गर्न अनुमति दिने भनेको छ।

यसभन्दा पहिले रिलिज गरिएको विन्डोज ११ छ वर्षको पर्खाइपछि अक्टोबर २०२१ मा रिलिज भएको थियो। त्यसभन्दा पहिले रिलिज भएका विन्डोजहरू विन्डोज ७, ८ र १० सबै तिन वर्षको अन्तरालमा रिलिज भएका थिए। यदि विन्डोज पहिले कै तालिका अनुसार चल्ने हो भने हामी यो भन्न सक्छौँ कि  विन्डोज १२ २०२४ मा आइपुग्न सक्छ। साथै, प्रायजसो विन्डोजको रिलिज अक्टोबरमा हुने हुँदा विन्डोज १२ पनि अक्टोबर मै आउन सक्ने सम्भावना छ।

अहिलेसम्म, माइक्रोसफ्टले विन्डोज १२ मा समावेश गर्ने नयाँ विशेषताहरू बारे भने कुनै जानकारी छैन ।

के विन्डोज १२ चलाउन नि:शुल्क होला त?

अब प्रश्न आउँछ कि विन्डोज १२ नि:शुल्क प्रयोग गर्न पाइन्छ कि यसलाई चलाउन पैसा तिर्नु पर्छ? यदि विगतका केही वर्ष हेर्ने हो भने माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरूलाई निःशुल्क मुख्य विन्डोज फिचर र उपडेट दिइरहेको छ, र यसलाई निरन्तरता दिनु नै समझदारी हो।

तर यहाँ अर्को ठुलो प्रश्न आउँछ कि हाम्रो कम्प्युटरहरूले विन्डोज १२ लाई धान्न सक्ला त? विन्डोज ११ ले २०१८ भन्दा पहिलेका कम्प्युटरहरूलाई धान्न नसकेको हुँदा के यो फेरी पनि विन्डोज १२ मा दोहोरिएला त?यदि यस्तो भयो भने चाहिँ हाम्रो कम्प्युटरलाई विन्डोज १२ को आवश्यकता अनुसार मिलाउन खोजे केही खर्च हुने सम्भावना छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन