© 2021-2024
२३ साउन, पोखरा। एटिएम मेसिनबाट पैसा चोर्न खोज्ने एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन फोरी चोर्न खोज्ने पर्वतका कृष्ण बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले विकलाई शनिबार राती ११ बजे एटिएम मेसिन फोरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो। अहिले उनीमाथि चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले दिएको जानकारी अनुसार विक यसभन्दा अघि पनि माछापूच्छ्रे बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पक्राउ परी तोकिएको कैद सजाय भुक्तान गरेर बाहिर निस्किएको पाइएको छ।