© 2021-2024
१२ असोज, काठमाडाैँ। डिजिटल वालेट इसेवाको सीइओमा जगदिश खड्का नियुक्त भएका छन् । सञ्चालक समितिले चाटर्ड एकाउन्टेन्ट खड्कालाई सीइओ नियुक्त गरेको हो।
इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले नवनियुक्त सीइओ खड्कालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। खड्काले बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरैको अनुभव संघालेका छन्।
यसभन्दा अघि उनले फोनपेको सर्भिस डाइरेक्टरको रुपमा काम गरेका थिए। इसेवामा खड्काले बुधबारबाटै कार्यभार सम्हालेका छन्।