© 2021-2024
१६ असोज, काठमाडाैँ। गुगल प्ले स्टोरबाट गायब भएको नेपालकै ठूलो डिजिटल वालेट ई–सेवा एप पुनः फर्किएको छ। शुक्रबार साँझदेखि गायब भएको ई–सेवा प्ले स्टोरमा करीब २० घण्टापछि फर्किएको हो।
ई–सेवाका प्रतिनिधिहरूले अपडेट गर्दा समस्या भएका कारण एप गायब भएको बताएता पनि खास कारण भने यकिन भएको छैन।
यस अघि मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत गुगल प्ले स्टोरबाट गायब भएका थिए। तिनीहरू पनि केही समयपछि ती एप फिर्ता भएका थिए।
गुगलसँगको छलफल र सबै प्रक्रिया पुरा गरेपछि एप प्लेस्टोरमा फर्किएको ई–सेवाले जानकारी दिएको छ।