Trending:

सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा इसेवा वालेटमा रहेको पैसा अब एनआईसी एसिया बैंकको एटीएमबाट पनि निकाल्न मिल्ने छ खुट्टा भएको रोबट कुकुरको अन्टार्कटिकामा परीक्षण स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ? चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग ‘वनप्लस १३’ नेपाली बजारमा भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ शुरू यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ नेपालमा सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध गर्ने सञ्चारमन्त्रीको चेतावनी नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन : अल्टम्यान अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना क्यानडामाथि थप कर लगाउने ट्रम्पको चेतावनी ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा विस्तार, कुलमान घिसिङद्वारा उद्घाटन टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक माघ २४ गतेदेखि क्यान इन्फोटेक दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध आइफोनको विक्री घट्यो नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक मन्त्री गुरुङले भने “आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्ने आधार सिर्जना गर्छौं” सिप्रदी एप विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै सामसङ एस–२५ सिरिज नेपालमा प्रि–बुकिङ सुरू फेक आईडीबाट भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर सामसङले घटायो ग्यालेक्सी ‘एस २४ अल्ट्रा’ यस्तो छ नयाँ मूल्यसूची विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप प्रकाश प्रदूषणको चपेटामा सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक सरकारी कर्मचारीलाई साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा केई एक्स–३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति ? सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ? आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस माउन्टेन इभी र टिएमआई प्रयोगकर्ताका लागि विशेष अफर सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी, विधेयक संसदमा ल्याउँदै गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा शुरु चाबहिलमा खुल्यो ओमोडा र जेकुको शोरूम घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा फेरि चल्न थाल्यो टिकटक
अपडेट

यसरी भएको थियो एटीएम आविष्कार

यसरी भएको थियो एटीएम आविष्कार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

काठमाडौं । आजको समयमा प्रविधिसँग नजोडिएको सायदै कम छन् । हर ठाँउमा विज्ञान र प्रविधिको प्रयोग भएको छ त्यसमध्येमा बैंकमा नजोडिने भन्ने प्रसंग नै रहने ।

अचेल मान्छेहरुका खल्ती–खल्तीमा अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड हुन्छ । युवा पुस्तामा त एटिएम निकै लोकप्रिय भइसकेको छ । एटिएम मेसिनमा लगेर कार्ड छिरायो । पिन कोड डायल गर्यो । र, खातामा भएको रकमबाट आफुलाई आवश्यक परेजति रकम तुरुन्तै निकाल्यो ।

नेपालमा पछिल्लो समय पैसा राख्न, लिन मात्र नभएर कसैलाई पठाउने, पाउँने माध्यम बैंक बनेको छ । कुनै समय सहरमा बस्ने छोरालाई पैसा पठाउदा कसैको साथमा पठाउनुपर्ने बाध्यता थियो तर आज ती दिनहरु इतिहास बन्न पुगेको छ, कारण हो, बैंक । विदेश बाट पैसा पठाउन होस वा देश भित्रै पनि कसैलाई सर सापट नै गर्न किन न होस बैंक मार्फत नै उपलब्ध गराईन्छ ।

अझ भन्नुपर्दा सहकारीहरुले पनि बैंकको जस्तै एटिएम कार्ड प्रयोग गर्न लागि सकेका छन् । भने एनआईसी एसिया बैंकले त एटिएम मेसिन मार्फत नै पैसा जम्मा समेत गर्न सकिने प्रविधी भित्राईसकेको छ ।

एटिएमले बैंकिङको परिभाषा बदलेको मात्रै छैन कि बैंकिङ कारोवारमा समेत ठूलो परिवर्तन ल्याएको छ । एटिएमकै कारण मानिसहरु आफूलाई चाहिने बस्तु तथा सेवा उपभोग गर्न सक्छन् । र, चाहेको ठाउमा तुरुन्तै नोट निकालेर त्यसको भुक्तानी गर्न सक्छन् । एक छिन कल्पना गर्नुस् त एटिएम नभएको भए के हुन्थ्यो होला ? यदि तपाईँलाई एटिएमको भूमिका महत्वपूर्ण छ भन्ने लाग्छ भने एटिएम मेसिन बनाउने जन सेफर्ड बैरनलाई धन्यवाद दिनुहोला ।

एटीएम आविष्कार 

सन् १९६८ शुक्रबार व्यवसायी डोनाल्ड वेट्जेललाई सप्ताहान्तअघि नै यात्राका लागि पैसा जरुरी पर्‍यो। बैंकबाट पैसा निकाल्नुपर्ने भयो। उनी लामो लाइनमा बसे। फेरि कार्यालय बन्द हुने समय ५ बज्न लागेको थियो। त्यतिबेला उनी मनमनै आन्दोलित भइरहेका थिए। यो त्यतिबेलाको कुरा हो जतिबेला वेट्जेल ४० वर्षका थिए।

यसको व्यापारिक प्रयोग सन् १९६९ को सेप्टेम्बर २ मा लङ्ग आइल्यान्ड रकभिल्ले सेन्टरस्थित केमिकल बैंकबाट उद्घाटन गरियो। एटीएम आफैँमा जटिल प्रकृतिको मेसिन होइन। यसलाई जब बनाउन सुरु गरिन्छ, त्योचाहिँ साह्रै कठिन हुने उनको अनुभव छ। हाल अमेरिकी राज्य टेक्सास बस्दै आएका वेट्जेल भन्छन्, ‘मलाई बोकेर हिँड्न मिल्ने कार्ड चाहिएको थियो। जसलाई गोजीमा राख्न सकियोस्।’ कार्डको गोप्य कुरा भनेको म्याग्नेटिक स्ट्रिप हो तर चुनौती भनेकै यसको सुरक्षा प्रबन्ध हो। फेरि सयौँ डलर बैंकबाहिर राख्न बैंकहरुलाई सुरक्षामा आश्वस्त पार्नु झनै कठिन काम हो।

अकाउन्ट ब्यालेन्सबारे प्रयोगकर्तालाई जानकारी दिन थाल्यो। कम्प्युटर प्रविधि आएपछि एटीएम पनि अनलाइनमा गयो। ‘२४ घण्टे केमिकल क्यास मेसिन यहाँ छ ! अब तपाईं जतिखेर मन लाग्यो पैसा बटुल्न सक्नुहुन्छ’, सन् १९७० को दशकको सुरुतिर केमिकल बैंकले यस्तो विज्ञापन प्रकाशित गरेको थियो। आजको मितिसम्म ३५ लाख भन्दा बढी एटीएम मेसिन विश्वभर स्थापना भएका छन्।

‘हामीले जस्तो परिकल्पनामा एटीएम बनाएका थियौँ, सोहीअनुसार यसले आजसम्म काम गरिरहेको छ’, उनी उत्साहपूर्वक सुनाउँछन्, ‘यसले मलाई ठूलो खुसी दिन्छ। हामीले हाम्रो कर्तव्य पूरा गरेजस्तो अनुभूति हुन्छ।’ जसरी कम्प्युटरले जीवनमा परिवर्तन ल्याएको छ, त्यसैगरी आज एटीएमले मानिसको जीवनमा सहजता थपिदिएको छ।

किन राखिन्छ चार अंकको पिन कोड ?

पिन नम्बर चार अंकको नै किन बनाइयो ? सेफर्डले यसको राज पनि बताएका छन् । उनलाई ६ नम्बरको आफ्नो आर्मी नम्बर याद थियो । तर, उनकी श्रमती क्यारोलिनले उनको एउटा नम्बर चलाउन दिइनन् । सेफर्डलेभनेका थिए ‘श्रीमतीले भनेकी थिइन की उनलाई जम्मा चार अंक मात्रै सम्झनामा रहन्छ, यसकारण उनकै कारणले पिन नम्बरमा चार अंक नै विश्व मानक बन्यो ।’

नेपालमा कहिले देखि एटिएम सुरु भो 

नेपालमा हिमालयन बैंकले पहिलोपटक एटिएम भित्र्याएको हो । सन् १९९५ बैंकले न्यूरोड कार्यालयमा एटिएम मेसिन राखेको थियो । हाल नेपालमा एटिएम सेवा नदिने कुनैपनि बैंक तथा वित्तीय संस्था छैनन् । नेपाली बैंक बैंक तथा वित्तीय संस्थाहरुले ४५ लाख एटिएम कार्ड जारी गरेका छन् । यो संख्या अझै कम भएको महशुस गरिएको छ ।

प्रविधीको तीब्र विकासले एटिएमको अस्तित्व नै नरहने हो कि, भन्ने सवाल पछिल्लो समय उढेको छ । यसको कारण हो तीब्र प्रविधीको विकास, एटिएम लाई मानिसले भौतिक रुपममा पैसा निकाल्ने मेसिन हो । तर पछिल्लो समय अनलाईन मार्फत नै सामानहरुको मूल्य तिर्ने प्रविधी पनि आईसकेको र भर्चुअल(देख्न वा स्पर्श) गर्न नपाउने प्रविधीको विकास सँगै भविष्यमा एटिएम मेसिन इतिहासमा नै सिमित हुने छ, भन्न थालिएको छ । तर जे जस्तो भएपनि नेपालमा यस मेसिनले करिब २२ बर्ष भन्दा धेरै सेवा दिन पाएको छ ।

एटीएम प्रयोग गर्दा ध्यान दिने कुराहरू

एटीएम मेसिनमा बत्ती बलेको छ कि छैन जाँच गर्नुहोस् 

जब तपाईं एटीएम मेसिनमा आफ्नो कार्ड छिरााउन जानुहुन्छ, तपाईंले त्यहाँ हरियो वा पहेंलो बत्ती बलेको देख्नुहुन्छ । यदि यो बत्ती बलेको छैन् भने तपाईले एटीएम प्रयोग गर्नबाट जोगिनु पर्छ । यस्तो अवस्थामा एटीएममा केही छेडछाड भएको हुनसक्छ ।

एटीएम कार्डको पिन नम्बर लुकाएर राख्नुहोस्

जब तपाईं पैसा झिक्न वा जम्मा गर्न एटीएममा जानुहुन्छ, तपाईंले प्रयोग गर्दा आफ्नो कार्डको किप्याडमा पिन नम्बर इन्६र गर्नुहुन्छ । यस्तो अवस्थामा ध्यान राख्नुहोस् कि तपाईसँग अरु कोही व्यक्ति छ वा छैन, अर्को हातले गोप्य रूपमा एटीएम पिन इन्टर गर्नुहोस् ।

धेरै पटक ह्याकरहरूले क्यामेरा जडान गरेर कार्ड पिन चोर्छन् र त्यसपछि कार्ड क्लोनिंग मार्फत तपाईंको बैंक खाता खाली गर्न सक्छन् । यसबाहेक, यदि तपाईंसँग अरू कोही उभिरहेको छ भने, अर्को हातले लुकाएर एटीएम पिन प्रविष्ट गर्नुहोस् ।

एटीएम सुरक्षा जाँच गर्नुहोस्

मानिसको आवतजावत कम हुने ठाउँमा धेरै पटक एटीएम जडान गरिन्छ । यस्तो अवस्थामा ह्याकरहरू र क्लोनरहरूले एटीएमसँग छेडछाड गर्छन् र यसमा क्लोनिङ उपकरणहरू जडान गर्छन् ताकि प्रयोगकर्ताको कार्ड क्लोन गरेर पैसा निकाल्न सकिन्छ । यस्तो अवस्थामा तपाईले एटीएमको किप्याड राम्रोसँग जाँच्नुपर्छ कि यसमा कुनै गल्ती छ कि छैन वा कुनै परिवर्तन भएको छ की भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?