Trending:

नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प शाओमी १४ टि नेपालमा सार्वजनिक, मूल्य कति ? स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक
अपडेट

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताएका छन् ।

राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा बोल्दै उनले आर्टिफिसयल इन्टेलिजेन्स सम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकास मार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्ने गरी सरकार लागिपरेको बताएका हुन् ।

उनले भने, “हामी यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रवर्द्धनजस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।”

मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रमहरू अघि बढाउने योजना बनाएको बताए । “यी सबै प्रयासहरूको मुख्य लक्ष्य भनेको नेपालको औद्योगिक क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पु¥याउनु हो ।

नेपाली युवाको जीवनका लागि एआई भन्ने यस सम्मेलनको नाराले पनि हाम्रो युवा पुस्तालाई डिजिटल युगको अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । आजको छलफलले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ”, उनले भने ।

मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाहरूबारे गहन छलफल गरिएकामा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिहरूले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावनाहरू प्रस्तुत गरेको बताए ।

एआईको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृङ्खला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीस्को भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?