Trending:

टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु बीवाईडी ईभीमा अब गाडीसमेत १० वर्षको वारेन्टी क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव १०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल २० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी फेसबुकबाट पैसा कमाउने ७ प्रभावकारी तरिका: सुरु गर्ने सजिलो उपायहरू बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक गर्‍यो मेटाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘एलएलएम’ पहिलो मोबाइल कलको ऐतिहासिक क्षण: ५२ वर्षअघि आजैका दिन गरिएको थियो पहिलो कल फोनपेको ऐतिहासिक कीर्तिमान: एकै दिन २.६२ अर्ब रुपैयाँ कारोबार भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्ट बन्द, मेटाद्वारा अहिलेसम्मकै कडा कारबाही व्हाट्सएप स्टेटसमा सजिलै गीत राख्ने तरीका, नयाँ सुविधा आयो! वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य हासिल गर्न सहजीकरण आवश्यक : सञ्चारमन्त्री गुरुङ एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार भिभो एप्पललाई चुनौती दिन नयाँ रणनीतिसहित तयारीमा नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन
अपडेट

नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन

नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। नेपाली उपभोक्ताहरूलाई लक्षित गर्दै आइटेलले आफ्नो नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित आएको यस स्मार्टफोनमा आकर्षक डिजाइन, उत्कृष्ट डिस्प्ले र शक्तिशाली ब्याट्री जस्ता विशेषताहरू समेटिएका छन्।

आइटेल ए ८० विशेषगरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको बताइएको छ। फोनमा ६.७ इन्चको एचडी+ डट-इन डिस्प्ले दिइएको छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। १२० हट्र्जको रिफ्रेस रेट भएका कारण स्क्रोलिङ स्मूथ हुने र गेमिङ अनुभव पनि सहज हुने बताइएको छ।

ब्याट्री र प्रोसेसिङ पावर
फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो समय टिकाउ चार्जिङ अनुभव प्रदान गर्छ। साथै, यूनिसोक टी ६०३ अक्टा-कोर प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङमा सहजता दिन्छ। ८ जीबी (४ जीबी + ४ जीबी मेमोरी फ्युजन) र्याम तथा १२८ जीबी स्टोरेज भएकाले प्रयोगकर्ताले डेटा स्टोर गर्न वा धेरै एप्स सञ्चालन गर्न कुनै समस्या नहुने कम्पनीको दाबी छ।

क्यामेरा सेटअप 
फोटोग्राफीलाई ध्यानमा राख्दै १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ, जसले उच्च-गुणस्तरको फोटो र भिडियो प्रदान गर्छ। सुरक्षाका लागि साइड-माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा उपलब्ध छ।

कनेक्टिभिटी र नयाँ एन्ड्रोइड भर्सन
फोनमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम, टाइप-सी चार्जिङ सपोर्ट जस्ता आधुनिक कनेक्टिभिटी सुविधाहरू उपलब्ध छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले प्रयोगकर्तालाई छरितो र सहज अनुभव दिने बताइएको छ।

आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ। कम्पनीले १०० दिनको रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने बताएको छ, जसले प्रयोगकर्ताहरूलाई थप विश्वास दिन्छ।

मूल्य
यो स्मार्टफोन नेपालभर ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने छ। कम्पनीले यस फोनको मूल्य १२,९९० रुपैयाँ तोकेको छ, जसले किफायती मूल्यमा उत्कृष्ट फिचर चाहने प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?