Trending:

एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन आईटी प्लाजामा ८० प्रतिशत छुट र लक्की ड्र जित्ने मौका: महोत्सवको शुरुवात नेपाल टेलिकमको आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्नुस् डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, अन्तर्राष्ट्रिय सेवा विस्तारको तयारी काठमाडौंमा युबुकन एसिया २०२५ आयोजना हुने मे महिनादेखि स्काइप बन्द टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु
अटो टेक

वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो

वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ।

गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ।

यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने तारा (सेतो बौना) र यसको साथी, सानो रातो तारा ९रातो बौना० समावेश भएको खुलासा भएको छ।

वैज्ञानिकहरूका अनुसार यो संकेत पहिलो पटक करिब एक दशकअघि मिलेको थियो र यो हाम्रो आकाशगंगाको बिग डिपर नक्षत्रको दिशाबाट आएको हो।

यो रेडियो सिग्नल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा अनुसन्धान गरिरहेका खगोलशास्त्री आइरिस डे रुइटरले पत्ता लगाएका हुन्। उनीहरूले २०२४ मा लो फ्रिक्वेन्सी एरे ९एलओएफएआर० टेलिस्कोपबाट प्राप्त पुरानो डाटा जाँच गरेर यो संकेत पत्ता लगाएका थिए। एलओएफएआर संसारको सबैभन्दा ठूलो रेडियो टेलिस्कोप हो, जसले धेरै कम फ्रिक्वेन्सी रेडियो संकेतहरू पत्ता लगाउन सक्छ।

यो सङ्केत सन् २०१५ को तथ्यांकमा पहिलो पटक देखिएको थियो। त्यसपछि वैज्ञानिकहरूले यस स्रोतबाट थप ६ पटक यस्तै पल्स रेकर्ड गरेका थिए। यी रेडियो तरंगहरू केही सेकेन्ड देखि धेरै मिनेटसम्म टिक्न सक्थे तर तिनीहरूको विशेषता यो थियो कि तिनीहरू नियमित रूपमा प्रत्येक दुई घण्टामा दोहोर्याई रहन्थे ।

‘सेतो बौना’ भनेको आफ्नो जीवनको अन्तिम चरणमा पुगेको तारा हो। जब तारा यसको ईन्धनबाट जल्छ, यसले यसको बाहिरी तहहरू छोड्छ र यसको भित्री भाग धेरै सघन र सानो हुँदै जान्छ। यो चम्किलो सेतो बिन्दु बन्छ, जसलाई सेतो बौना भनिन्छ।

वैज्ञानिकहरूले यो संकेत ब्रह्माण्डको अर्को घटना, फास्ट रेडियो बर्स्ट ९एफआरबी० सँग मिल्दोजुल्दो भएको पनि फेला पारे तर यी दुईबीच केही महत्त्वपूर्ण भिन्नताहरू भने थिए।

एफआरबीहरू केही मिलि सेकेन्डका लागि मात्र चम्किन्छन् जबकि यो नयाँ संकेतहरू भने केही सेकेन्ड देखि केही मिनेटसम्म पनि जारी रहने गर्दछन् ।

अन्तरिक्ष वैज्ञानिकहरूले यस संकेतको स्रोतको विस्तृत अध्ययन गरेर यो पत्ता लगाए कि यो पृथ्वीबाट १६०० प्रकाश वर्षको दूरीमा रहेको आइएलजिटी १११० नामक बाइनरी प्रणालीबाट आएको हो। यसमा सेतो बौना र रातो बौना तारा एक अर्काको धेरै नजिक घुमिरहेका छन्।

यी दुई तारहरू बीच बलियो चुम्बकीय क्षेत्र छ, जसले रेडियो संकेतहरू उत्पन्न गरिरहेको छ। जब यो सेतो बौना आफ्नो साथी तारा नजिकबाट जान्छ, यसको शक्तिशाली चुम्बकीय ऊर्जाले रेड ड्वार्फलाई असर गर्छ, रेडियो तरंगहरू निम्त्याउँन सुरू गर्छ।

यस प्रणालीको गहिराइमा अनुसन्धान गर्न वैज्ञानिकहरूले एरिजोना संयुक्त राज्य अमेरिकाको मल्टिपल मिरर टेलिस्कोप (एमएमटी)र टेक्सासको म्याकडोनाल्ड अब्जर्भेटरी प्रयोग गरेका थिए । यी यन्त्रहरूले रेड ड्वार्फ र ह्ववाइट डवार्फ प्रत्येक १२५.५ मिनेटमा एक अर्काको वरिपरि घुमिरहेका छन् भनेर देखाएको थियो ।

त्यसपछि, वैज्ञानिकहरूले यस प्रणालीको प्रकाशलाई तरंगदैर्ध्यमा विभाजन गरेर अध्ययन गरेका थिए। यस प्रक्रिया मार्फत तिनीहरूले यो पत्ता लगाए कि रातो बौना ठूलो गतिमा अगाडि पछाडि घुमिरहेको थियो, जसले यो प्रमाणित गर्यो कि यो एक अदृश्य साथीको गुरुत्वाकर्षण बलबाट प्रभावित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?