Trending:

एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन आईटी प्लाजामा ८० प्रतिशत छुट र लक्की ड्र जित्ने मौका: महोत्सवको शुरुवात नेपाल टेलिकमको आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्नुस् डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, अन्तर्राष्ट्रिय सेवा विस्तारको तयारी काठमाडौंमा युबुकन एसिया २०२५ आयोजना हुने मे महिनादेखि स्काइप बन्द टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु
अटो टेक

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

सियोल। चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले बिहीबार जनाएको छ । प्राधिकरणका अनुसार यो अझै डाउनलोडका लागि उपलब्ध रहेको थियो ।

व्यक्तिगत सूचना संरक्षण आयोग (पिआइपिसी) का अनुसार एआई प्रम्प्टमा उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो । डिपसिकको आर१ च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कार्यहरूसँग मेल खाने क्षमता नगण्य लागतमा देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो ।

यद्यपि दक्षिण कोरिया, इटाली, अस्ट्रेलिया र केही अमेरिकी राज्यहरूले डिपसिकको प्रयोगकर्ता डेटाको भण्डारणमाथि प्रश्न उठाएका छन् र यसको प्रयोगमा प्रतिबन्ध वा सीमित गरेका छन् । पिआइपिसीले फेब्रुअरीमा अनुसन्धान सुरु गर्यो र डिपसिकको व्यक्तिगत डाटा सङ्कलन अभ्यासहरूको समीक्षा पूरा नभएसम्म यो अब डाउनलोडका लागि उपलब्ध हुनेछैन भन्यो ।

“सुरुमा, डिपसिकले प्रयोगकर्ताहरूको सहमति प्राप्त नगरी वा सेवा शुरू हुँदा गोपनीयता नीतिमा यो खुलासा नगरी चीन र संयुक्त राज्य अमेरिकामा अवस्थित कम्पनीहरूमा व्यक्तिगत डाटा स्थानान्तरण गरेको थियो”, आयोगका अधिकारी नाम सेओकले पत्रकारहरूलाई भने, “विशेष गरी, डिपसिकले उपकरण, नेटवर्क र एप जानकारी मात्र नभई, एआई प्रम्प्टहरूमा प्रयोगकर्ता इनपुटहरू पनि भोल्केनो इन्जिनमा स्थानान्तरण गरेको पुष्टि भएको थियो ।”

नामका अनुसार अनुसन्धान पश्चात्, डिपसिकले कोरियाको डाटा संरक्षण कानूनहरूलाई अपर्याप्त रूपमा विचार गरेको स्वीकार गर्‍यो, आयोगसँग सहकार्य गर्न इच्छा व्यक्त गर्‍यो र स्वेच्छाले घरेलु एप बजारहरूबाट नयाँ डाउनलोडहरू निलम्बित गर्‍यो । डिपसिकले टिप्पणीको अनुरोधका लागि तत्काल प्रतिक्रिया दिएन । कम्पनीले डाटा ‘जनवादी गणतन्त्र चीनमा अवस्थित सुरक्षित सर्भरहरू’ मा सङ्कलन गरिएको बताएको छ ।

कम्पनीले लागत घटाउँदै यसको एआई उपकरण यसको प्रतिस्पर्धीहरू भन्दा कम परिष्कृत चिप्स प्रयोग गरेर निर्माण गरिएको दाबी गरेको छ । यो एप सुरु भएको केही हप्तामा दशौँ लाख पटक डाउनलोड गरिएको थियो ।

भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म को मूल कम्पनी पनि हो ।

भोल्केनो इन्जिनमा डाटा स्थानान्तरणका बारेमा सोधिएको प्रश्नमा डिपसिकल यो सुरक्षा कमजोरीहरू समाधान गर्न र प्रयोगकर्ता इन्टरफेस र अनुभव सुधार गर्ने उद्देश्यका लागि पठाइएको बताएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?