Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
अटो टेक

चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न

चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

चितवन। नेपालमा हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुरमा नयाँ क्रेटा इभी (इलेक्ट्रिक भेहिकल) सार्वजनिक गरेको छ।

पिनाकल ट्रेडिङ प्रालिमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा गाडी सार्वजनिक गर्दै ५ युनिट ग्राहकलाई हस्तान्तरण गरिएको हो। सो कार्यक्रम हुन्डाईको “ईभी एक्स्पान्सन” अभियानअन्तर्गत आयोजना गरिएको हो, जसको उद्देश्य विद्युतीय सवारी सम्बन्धी जनचेतना फैलाउने र ग्राहकहरूको शंका समाधान गर्ने रहेको छ। कार्यक्रममा भरतपुर क्षेत्रका ग्राहक, डिलर प्रतिनिधि, सञ्चारकर्मी र कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

ग्राहकको विश्वास जित्दै क्रेटा इभी
कम्पनीका अनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी साधनप्रति रहेको आम जनमानसको भ्रम हटाउनेछ। धेरै ग्राहकहरूलाई इभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क, र दीर्घकालीन ब्रान्ड सपोर्टप्रति शंका हुने गर्छ। तर, हुन्डाई नेपालले यस्ता सबै आशंका समाधान गर्दै देशमै आइसिई (ICE) तथा पेट्रोल मोडेल निर्माण थालिसकेको जनाएको छ। क्रेटा इभी र आइसिई दुवै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले सेवा, मर्मत र पार्ट्स आपूर्तिमा कुनै समस्या नहुने कम्पनीको दाबी छ।

इभी इकोसिस्टम बलियो बनाउन चार्जिङ नेटवर्क विस्तार
विद्युतीय सवारीको सहज प्रयोगका लागि हुन्डाईले ‘रि–ल्याक्स’ चार्जिङ नेटवर्क पनि विस्तार गरिरहेको छ। हालसम्म देशभर ६६ वटा चार्जिङ स्टेशन (डीसी र एसी) स्थापना भइसकेका छन्, जसले गर्दा ग्राहकहरूले देशका विभिन्न स्थानहरूमा सहज चार्जिङ सुविधा पाउन सक्छन्।

कम्पनीले उल्लेख गरेअनुसार, रि-ल्याक्स नेटवर्क विस्तारका साथै इभी सपोर्ट प्रणाली बलियो बनाइँदैछ, जसमा ग्राहकलाई सेवा, पार्ट्स र टेक्निकल सपोर्ट कुनै कमी नहुने आश्वासन दिइएको छ।

डिलरहरूसँग प्रत्यक्ष संवाद
नेपालका विभिन्न सहरमा ईभी प्रवर्द्धन गर्न कम्पनीका उच्च व्यवस्थापन टोलीले डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। सोही क्रममा वैशाख २९ गते भरतपुरको पिनाकल ट्रेडिङमा आयोजना गरिएको कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरियो।

कार्यक्रममा सहभागीहरूले नयाँ इभी मोडलप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै क्रेटा इभीको विशेषता, मूल्य, सेवा योजना र चार्जिङ सुविधाबारे विस्तृत जानकारी दिएका थिए।

हुन्डाई नेपालको प्रतिबद्धता
हुन्डाई नेपालका अनुसार, कम्पनी सधैँ ग्राहक केन्द्रित सेवा र प्रविधिमा अग्रणी रहँदै आएको छ। गुणस्तरीय सेवा, प्रतिस्पर्धी मूल्य र देशव्यापी नेटवर्कका कारण हुन्डाई आज नेपालको अग्रणी अटो ब्रान्डहरूमध्ये एक बनेको छ।

भविष्यमा पनि विद्युतीय सवारी साधनको पहुँच बढाउने र ग्राहकलाई अझ सहज तथा भरपर्दो सेवा दिने लक्ष्यका साथ कम्पनीले यस्ता कार्यक्रम देशभर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?