काठमाडौं। राइड सेयरिङ सेवा प्रदायक टुटलले नयाँ योजना सार्वजनिक गर्दै अबदेखि राइडरले कमिसन तिर्न नपर्ने व्यवस्था लागू गरेको छ।
कम्पनीका अनुसार यो योजना राइडरहरूलाई प्रोत्साहन दिन र सेवामा थप पारदर्शिता ल्याउनका लागि सुरु गरिएको हो। नयाँ योजनाअनुसार टुटलमार्फत सेवा दिने राइडरहरूले अब ट्रिपबाट कमाइ हुने सम्पूर्ण रकम आफैं राख्न सक्नेछन्। यसअघि टुटलले प्रत्येक ट्रिपमा निश्चित प्रतिशतको कमिसन कटौती गर्दै आएको थियो।
कम्पनीले यो योजना सीमित अवधिको लागि परीक्षण रुपमा सुरु गरिएको बताएको छ। प्रयोगकर्ताहरूको प्रतिक्रिया र बजारको आवश्यकतालाई मूल्याङ्कन गर्दै योजनालाई विस्तार गर्ने वा स्थायी बनाउने निर्णय गरिनेछ।
टुटलको यो कदमले राइडरहरूबीच उत्साह बढाउने र प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान अझ बलियो बनाउने विश्वास गरिएको छ।