Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
अटो टेक

शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा

शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

शक्ति, उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो।

सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो “द लाईट शो” मार्फत गरियो, जुन हास्य, प्रविधि र मनोरञ्जन को सकारात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका थियोे । यस कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर परस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो।

उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान गर्यो।
भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो। ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पुरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ।

साथै, ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ । फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२% स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्दछ । ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ ।

फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ ।

भिभो भी ५० लाईट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ – मीडियाटेक डीमेन्सिटी ६३०० ९फाईभ जी० वा स्नापड्रागन ६८५ ९फोर जी० । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन्। साथै, सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाहरूले दैनिक प्रयोगमा थप स्मार्ट अनुभव दिन्छन्।

फोनमा रहेको ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेराले औरा लाईट पोर्टेट र २ह गोल्डेन पोर्टेट जस्ता सुविधा प्रदान गर्छ, जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ । सेल्फीप्रेमीहरूका लागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउछन् ।

भिभो भी ५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ ८ जीबी + २५६ जीबी स्टोरेज (फोर जी) संस्करणको मूल्य रु. ३७,९९९, र १२ जीबी + २५६ जीबी स्टोरेज (फाईभ जी) संस्करणको मूल्य रु. ४५,९९९ निर्धारण गरिएको छ । यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहज रूपमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?