Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
अटो टेक

ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष

ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२ /८३ का लागि प्रस्तुत गरेको बजेट ई–सूचना प्रविधि (आईटी आईसीटी) क्षेत्रका लागि सकारात्मक रहेको निष्कर्ष निकालेको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार सार्वजनिक प्रतिक्रिया दिँदै बजेटले आफ्नो धेरैजसो माग सम्बोधन गरेको बताएको हो।

महासंघका अनुसार, सरकारले यसअघि प्रस्तुत गरिएको क्यानको २५ बुँदे सुझावमध्ये अधिकांशलाई बजेटले समेटेको छ। सूचना प्रविधिलाई उद्योगको मान्यता दिने व्यवस्था, कर छुट, सेवा निर्यातमा प्रोत्साहन, स्टार्टअपका लागि सहुलियत ब्याजदरमा कर्जा तथा कर छुट र पूर्वाधार विकासमा भएको प्रस्तावलाई महासंघले स्वागत गरेको हो ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन्, “बजेटले सूचना प्रविधि क्षेत्रलाई पहिलोपटक स्पष्ट रूपमा उद्योगको रूपमा चिनाएको छ, जुन हाम्रो लामो समयदेखिको माग थियो।

कर नीतिमा लचकता, स्टार्टअप प्रोत्साहन र सेवा निर्यात प्रवर्द्धनजस्ता विषयले हामीलाई आशावादी बनाएको छ। अब यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।”

बजेटको बुँदा ३८६ अन्तर्गत सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह मानिने र आयकर तथा विद्युत महसुलमा छुट दिने व्यवस्था गरिएको छ।

अध्यक्ष घिमिरेका अनुसार, यसले सूचना प्रविधिलाई उद्योगको औपचारिक मान्यता दिने संकेत गर्छ । त्यस्तै, विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत अन्तिम आयकर र स्टार्टअप कम्पनीहरूलाई पाँच वर्षसम्म कर छुट दिने घोषणाले नवप्रवर्तन र आईटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

बजेटमा पूर्वाधार विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण कार्यक्रमहरू समावेश छन्—जसमा ‘डिजिटल नेपाल फ्रेमवर्क’ को दोस्रो संस्करण निर्माण, काठमाडौंमा सूचना प्रविधि पार्क, एकीकृत डेटा व्यवस्थापन केन्द्रको स्तरोन्नति, क्लाउड पूर्वाधार विकास र मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापनाजस्ता पहलहरू उल्लेख छन् ।

यसबाहेक, फोरजी सेवाको गुणस्तर सुधार, फाइभजी विस्तार, एआई र मेसिन लर्निङ अनुसन्धानमा निजी क्षेत्रसँग सहकार्य, सरकारी निकायमा स्वदेशी सफ्टवेयरको प्रयोग, तथा साइबर सुरक्षाको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ—जुन विषयहरूमा महासंघले विगतदेखि निरन्तर आवाज उठाउँदै आएको थियो ।

क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले भने, “घोषणाहरू सकारात्मक छन्, तर ती नीति, कार्यक्रम र बजेट खर्चमा स्पष्ट रूपमा झल्कनुपर्छ। हामी कार्यविधि र कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न तयार छौं ।”

उनका अनुसार, सरकारको योजनाहरू कार्यान्वयनमा सफल भएमा सूचना प्रविधि क्षेत्रले रोजगारी सिर्जना, सेवा निर्यात वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?