Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
इन्टरनेट

युट्युबबाट पैसा कसरी कमाउने?

युट्युबबाट पैसा कसरी कमाउने?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

युट्युब संसारको सबैभन्दा छिटो बढिरहेको प्लेटफर्म हो। अहिले आम्दानी गर्ने आकर्षक विकल्पका रुपमा युट्युवलाई लिने गरिन्छ। पेव्दिएपिए जस्ता युट्युब ताराहरूले प्लेटफर्ममा वर्षमा लाखौं डलर कमाउँछन्। नेपालमा पनि धेरै युट्युव च्यानल छन्, जसले महिनामै लाखौं कमाइरहेका छन् । यो सुन्दा तपाईंलाई पनि यसबाट पैसा कमाउने इच्छा जागेको होला ।

सृजनात्मक कन्टेन्ट दिन सकियो भने युट्युव आम्दानीको एक राम्रो स्रोत बन्न सक्छ। यसका लागि तपाईंसँग युट्युव च्यानल हुन आवश्यक छ र आफ्नो जिमेलबाट तपाईंले सजिलै युट्युव साइन ईन गरेर आफ्नो युट्युब च्यानल बनाउन सक्नुहुन्छ । त्यस च्यानलमा तपाईंले आफैंले बनाएका भिडिओ कन्टेन्ट राख्न सक्नुहुन्छ ।

युट्युवरहरुलाई , दर्शकहरुले रुचाउने किसिमको भिडिओ राख्न भने एकदमै ठूलो चुनौती रहेको छ। समय र दर्शकको मागअनुसार आफ्नो भिडिओको गुणस्तर नघटाई नियमित रुपमा गतिलो कन्टेन्ट अपलोड गर्न सकेमात्र तपाईंले राम्रो आम्दानी गर्न सक्नु हुनेछ ।

तपाईंको भिडिओमा हुने नियमित इंगेजमेन्टलाई मध्यनजर गरेर युट्युवले तपाईंको च्यानल मनिटाइज गर्छ र च्यानल मनिटाइज गर्नका लागि युट्युवले निश्चित केहि नियम तय गरेको छ । च्यानल मनिटाइज गर्नका लागि कम्तिमा पनि तपाईंको युट्युव च्यानलमा एक हजार सब्स्क्राइबर र दस हजार भ्युजका साथै एक वर्षभित्र चार हजार घण्टा तपाईंको भिडिओ हेरिएको हुनुपर्ने छ।

यी सबै कुरा नीतिभित्र रहेर पुरा भएको छ भने मात्र तपाईं युट्युव पार्टनर बन्न योग्य ठहरिनु हुन्छ । त्यसपछि तपाईंले युट्युव पार्टनर प्रोग्राममा आवेदन दिन सक्नुहुन्छ। आवेदन दिँदा च्यानल लोकेसनमा युट्युव पार्टनर प्रोग्राम हुने उपयुक्त देश छानेर विज्ञापन आएर मनिटाइज भएको भिडिओबाट कमाउन युट्युव च्यानललाई एडसेन्स अकाउन्टसँग कनेक्ट गराउनुपर्छ  ।

एडसेन्स अकाउन्टसँग लिंक गराएर आफूले कमाएको पैसा वेस्टर्न युनियन वा सिधै बैंक ट्रान्सफरबाट लिने हो, यस्ता कुरा छनोट गर्नुपर्ने हुन्छ । हरेक महिनाको १० देखि १५ तारिखसम्म आफ्नो अकाउन्टमा कति पैसा जम्मा भयो हेर्न मिल्ने छ तर तपाइको अकाउन्टमा १००डलर नपुग्दासम्म पैसा निकाल्न भने पाइने छैन । भिडिओमा निरन्तरता दिनु पनि एक ठूलो चुनौती रहेको छ। अश्लील र अनावश्यक भिडिओ बनाएर दर्शकहरुलाई आफू तिर तान्न खोज्ने पनि धेरै हुन्छन् तर यस्ता भिडिओले भने निरन्तरता पाउन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?