२१ मंसिर २०७९, बुधबार

Logo

नेपाल टेलिकमले सुरु गर्यॊ फोरजी एलटिइ नमस्ते वाइफाइ सेवा !



नेपाल टेलिकमले फाइबर ब्रोडब्यान्ड र FTTH सेवाहरू उपलब्ध नभएका क्षेत्रमा उच्च गतिको डाटा र भ्वाइस सेवाहरू उपलब्ध गराउन उदेस्यका साथ फोरजी एलटिइ नमस्ते वाइफाइ सुरु गरेको छ। टेलिकमले उक्त सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।

टेलिकमले फोरजी एलटिइ नमस्ते वाइफाइ सेवाका धेरै आकर्षक प्याकेजहरू उपलब्ध गराउँदै आएको छ। नेपाल टेलिकमले नमस्ते वाइफाइका लागि आवश्यक उपकरण उपलब्ध गराउन साइबरनेटिक्स प्रालिसँग सहकार्य गरेको छ। नेपाल टेलिकमका वाणिज्य अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका प्रमुख कार्यकारी अधिकृत जेम्स न्याछ्योनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल टेलिकमले ग्राहकका विभिन्न आवश्यकता अनुरुप छुट्टाछुट्टै प्याकेज ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले नमस्ते वाइफाइ व्यक्तिगत प्याकेज र सरकारी संस्था प्याकेज गरी दुई प्याकेजमा उपलब्ध रहेको बताउनु भएको छ।

व्यक्तिगत प्याकेज अन्तर्गत, त्यहाँ दुई उपश्रेणीहरू रहेका छन्। जसमा होम ब्रोडब्यान्ड बेसिक र होम ब्रोडब्यान्ड प्रिमियम रहेका छन् । ग्राहकले “आधारभूत प्याकेज” अन्तर्गत रु ६० मा ६० जीबी डेटा पाउने भएका छन् । त्यस्तै ७२० जिबीको प्याक वार्षिक ९,००० रुपैयाँमा उपलब्ध छ। यो पनि प्रति महिना ६० जीबिको दरमा एक वर्षको लागि प्रयोग गर्न सकिन्छ।

फोरजी सेवा देशका अधिकांश स्थानमा पुगिसकेको छ । विभिन्न यन्त्रबाट घर वा कार्यालयमा उच्च गतिको इन्टरनेट प्रयोग गर्न चाहने ग्राहकको सङ्ख्या पनि अहिले बढेकोले गर्दा यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा समेत गरिएको छ ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार