२० जेष्ठ २०८०, शनिबार

सामसुङले फिंगरप्रिन्ट सेक्युरिटी चिप बनाएको खुलासा !



सामसुङले भुक्तान कार्डहरूको लागि “उद्योगको पहिलो” फिंगरप्रिन्ट सेक्युरिटी चिप (आईसी) बनाएको खुलासा गरेको छ। S3B512C चिपले फिंगरप्रिन्ट सेन्सर मार्फत बायोमेट्रिक जानकारी पढ्नुका साथै टेम्पर प्रूफ सेक्युर एलिमेन्ट (SE) मार्फत डाटालाई भण्डारण गर्छ। सो डाटालाई सुरक्षित प्रोसेसरद्वारा विश्लेषण समेत गर्दछ ।

भुक्तान कार्डहरूको लागि डिजाइन गर्दा, विद्यार्थी वा कर्मचारीको पहिचान, सदस्यता पहुँचको लागी पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।यद्यपि, नयाँ चिपले बैंकहरू र अरूलाई बायोमेट्रिक भुक्तानी कार्डहरू बनाउन सजिलो बनाउन सक्ने दाबी गरिएको छ ।

गत वर्ष, सामसुङले मास्टरकार्डसँग बिल्ट-इन फिंगरप्रिन्ट रिडरको साथ बायोमेट्रिक स्क्यानिङ भुक्तानी कार्डमा सहकार्य गरिरहेको घोषणा गरेको थियो।

सामसुङका अनुसार , चिपले खरिद गर्दा छिटो र सुरक्षित अन्तरक्रियाको लागि अनुमति दिन सक्नेछ । यसले पिन कोडको आवश्यकतालाइ हटाएर कृत्रिम फिंगरप्रिन्टहरू जस्ता जालसाजी विधिहरू रोक्न एन्टि-स्पूफिङ प्रविधि प्रयोग गर्दछ।

अझै पनि मानिसहरूले कार्डहरू स्वाइप र खरिदका लागि हस्ताक्षर गरेको देख्न सकिन्छ । चिपमा बायोमेट्रिक भुक्तानी कार्डहरूलाइ मुख्यधारा बनाउन सक्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा