१४ चैत्र २०७९, मंगलवार

नागरिकलाई दुःख दिएको भन्दै १०० वटा मोटरसाइकल बुलडोजर लगाएर पारियो ध्वस्त (भिडियो)



९ असार, एजेन्सी। अमेरिकाको न्युयोर्कमा १०० वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइएको छ। नागरिकलाई दुःख दिएको भन्दै प्रहरीले मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको हो।

न्युयोर्क प्रहरीका कारण सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका दुःखपूर्ण गतिविधि गरेको भन्दै ती मोटरसाइकललाई कारबाही गर्न भन्दै उजुरी परेको थियो।

नागरिकले उजुरी दिएपछि चालकलाई पटक–पटक सम्झाइबुझाइ गरेर प्रहरीले पठाएको थियो। तर पनि उनीहरूले अटेरी गरेपछि प्रहरीले एक्सन लिएको हो।

ती मोटरसाइकलले नागरिकलाई धेरै नै दुःख दिएका कारण ध्वस्त गर्ने नै अन्तिम विकल्प भएको न्युयोर्कका मेयर एरिक एड्म्सले बताए।

गत जनवरीदेखि अहिलेसम्म न्युयोर्क सहरमा नागरिकलाई दुःख दिएर चल्ने दुई हजार मोटरसाइकललाई प्रहरीले सम्झाएर पठाइसकेको छ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द