२१ मंसिर २०७९, बुधबार

Logo

वैज्ञानिकहरूले बनाए रोबोट-माछा, समुद्रका माइक्रोप्लास्टिक्स नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा



वैज्ञानिकहरूले रोबोट–माछाको डिजाइन सार्वजनिक गरेका छन्। समुद्रमा माइक्रोप्लास्टिक्स बढ्दै जान थालेपछि त्यसलाई कम गर्दै लैजान रोबोट माछाको डिजाइन गरिएको हो।

१३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोच्ने बताइएको छ। यो माछा नरम र लचिलो रहेको छ।

पुच्छरमा हल्का लेजर प्रणालीको प्रयोग गरेर यस माछालाई पाैडी खेल्न सक्ने बनाइएको छ। उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर–अफ–पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

उक्त माछा ५ किलोको रहेको र यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न सहयोग गर्ने वैज्ञानिहरूले अपेक्षा गरेका छन्।

सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङको नेतृत्वको टोलीले यो माछा बनाएको हो। यसबारे थप अध्ययन अनुसन्धान जारी राख्ने उनीहरूले बताएका छन्।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार