९ चैत्र २०७९, बिहीबार

भारतमा घट्यो सामसुङ M32 को मूल्य



१६ असार, एजेन्सी । भारतमा सामसुङ ग्यालेक्सी M32 को मूल्य सस्तिएको छ। गत वर्ष भारतमा लन्च भएको यस सिरिज अन्तर्गतको M32 को मूल्य २००० भारतीय रूपैयाँले घटेको हो।

यो फोन ब्याट्री धेरै टिक्ने भएका कारण भारत लगायत अन्य दक्षिण एसियाली देशहरूमा चर्चित थियो। यो फोनमा ६००० एमएएचको व्याट्री प्रयोग गरिएको छ।

यो फोन २ रंगमा ग्राहकहरूका लागि उपलब्ध छ। त्यस्तै, र्याम र मेमोरी क्षमतामा पनि २ वर्गमा यो फोन विभाजित भएको छ।

भारतमा गत जुनमा M32 को ६ जिबी र्याम र १२८ जिबी मेमोरी क्षमताका लागि १४ हजार ९९९ रूपैयाँ र टप-इन्ड ६ जिबी र्याम र १२८ जिबी मेमोरी क्षमताका लागि १६ हजार ९९९ तोकिएको थियो ।

तर, अब भने ग्राहकहरूले ती फोन २००० रूपैयाँ सस्तो मै पाउनेछन्। यो फोन कालो र निलो रंगमा उपलब्ध छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः