२० जेष्ठ २०८०, शनिबार

फेसबुकका कर्मचारीहरूसँग रिसाए मार्क जुकरबर्ग, इन्जिनियरको भर्तीमा कटाैती गर्ने निश्चित



१८ असार, एजेन्सी। चर्चित सामाजिक सञ्जाल फेसबुकले यो वर्ष इन्जिनियरहरूको संख्यामा कटाैती गर्ने भएको छ। मेटाको स्वामित्व रहेको कम्पनी फेसबुकका सिइओ मार्क जुकरबर्गले यो वर्ष ३० प्रतिशत कम इन्जिनियर नियुक्ति गर्ने बताएका हुन्।

बिहीबार कर्मचारीहरूलाई उनले कम्पनी गहिरो आर्थिक मन्दीको सामना गर्न सक्ने समेत चेतावनी दिएका छन्।

‘म भन्न चाहन्छु कि यो हालको इतिहासमा हामीले देखेको सबैभन्दा खराब गिरावट मध्ये एक हुन सक्छ।’ बिहीबार कर्मचारीहरूसँगको प्रश्न उत्तरमा जुकरबर्गले भनेका छन्।

मेटाले २०२२ मा ईन्जिनियरहरू भर्ती गर्ने आफ्नो लक्ष्यलाई ६ देखि ७ हजारमा घटाएको छ। जबकी, मेटाले पछिल्ला वर्ष करीब १० हजार इन्जिनियरहरू भर्ती गर्ने गरेको थियो।

मेटाले गत महिना इन्जिनियरहरूको भर्तीमा व्यापक कटाैती गर्ने बताएको थियो। तर, कति कटाैती गर्ने भन्ने बिहीबार प्रारम्भिक रूपमा सार्वजनिक भएको छ।

जुकरबर्ग कर्मचारीहरूसँग असन्तुष्ट हुँदै केही कर्मचारी आफ्नो कम्पनी गर्न योग्य नरहेको पनि बताए। उनले भने, ‘वास्तवमा भन्नु पर्दा यहाँ त्यसता कर्मचारीहरू पनि धेरै छन् जो यहाँ काम गर्न लायक छैनन्।’


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा