१४ चैत्र २०७९, मंगलवार

ब्रिटिस आर्मिको ट्वीटर र युट्युब अकाउन्ट ह्याक



ब्रिटिस आर्मिको ट्वीटर र युट्युब अकाउन्ट ह्याक भएको छ। सोमबार उक्त अकान्ट ह्याक गरेर ह्याकरहरूले क्रिप्टो करेन्सी र एनएफटीसँग सम्बन्धित पोस्टहरू गरेका थिए।

तर, केही बेरमा नै ब्रिटिस आर्मीले आफ्ना अकाउन्टहरू ह्याकरबाट फिर्ता ल्याउन सफल भयो। ह्याकरबाट अकाउन्ट फिर्ता ल्याएपछि ब्रिटिस आर्मीले क्षमा मागेको थियो।

युट्युब च्यानल ह्याक गरेर ‘एआरके इन्भेस्ट’ नाम राख्दै क्रिप्टोसँग सम्बन्धित भिडियोहरू पोस्ट गरिएको थियो।

ब्रिटिस आर्मीको ट्वीटरमा ३ लाख ६२ हजार अफोर्स रहेका छन् भने १ लाख ७७ हजारले युट्युब च्यानल सब्स्क्राइब गरेका छन्।

एआरके इन्भेस्ट ग्लोबल इन्भेस्टमेन्ट फर्म हो। अहिले यो कम्पनीले यस घटनाबारे केही प्रतिक्रिया नजनाएको बताइएको छ।

 


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द