Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
अपडेट

मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने

मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२१ असार, काठमाडाैँ । निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ । यसरी अनलाइनबाट नाम हटाउँदा जटिलता पनि आउन सक्ने सम्भावना रहेको अनुमान गर्दै आयोगले यसमा सबैलाई संवेदनशील भएर प्रयत्न गर्न आग्रह पनि गरेको छ ।

निर्वाचन आयोगले काठमाडौँमा बिहीबार आयोजना गरेको स्थानीय तह सदस्य निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली दर्तासँगै सूचीकृत नाम हटाउने काम पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था गर्न लागेको बताए । उनले भने, “मृत्यु भइसकेकाले आफैँ हटाउन नमिल्ने भएकाले एकाघरका सम्बन्धित व्यक्तिले हटाउनुपर्ने हुन्छ ।” मृतक मतदाताको नाम हटाउन सबैलाई आआफ्नो स्तरबाट प्रयत्न गर्न उनले आग्रह गरे ।

त्यसअघि प्रमुख निर्वाचन आयुक्त थपलियाले मृतक मतदाताको नाम हटाउने जिम्मेवारी आयोग मात्रैको नरहेको बताएका थिए । गोरखापत्र दैनिकले जेठ २९, ३० र ३१ गते मृतक मतदाताबारे समाचार प्रकाशन गरेको थियो । त्यस सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले बिहीबारको समीक्षा कार्यक्रममै उक्त काम आयोगको कार्य क्षेत्रमा नपर्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

तर मतदाता नामावली ऐन २०७३ मा मृतक मतदाताको नाम आयोगले नै हटाउने व्यवस्था छ । ऐनको दफा १८ मा नामावलीमा नाम समावेश भएका व्यक्तिको मृत्यु भएमा एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले प्रमाणसहित नाम दर्ता अधिकारीसमक्ष सूचना दिनुपर्ने र उक्त सूचनाका आधारमा दर्ता अधिकारीले नाम हटाउने व्यवस्था छ । दफा १८ को उपदफा (२) मा भने परिवारका सदस्यबाट सूचना प्राप्त नभए पनि आयोगले अद्यावधिक गर्ने क्रममा मृत्यु भएका मतदाताको नाम सूचीबाट हटाउनुपर्ने उल्लेख छ ।

ईभीएम उपलब्ध गराउन पत्राचार

निर्वाचन आयोगले आगामी प्रतिनिधि र प्रदेश सभा चुनावमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) साउनभित्रै उपलब्ध गराउन सरकारलाई पत्राचार गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन नसकेमा अन्य देशमा निर्मित यन्त्रको आवश्यक प्रबन्ध गरिदिन पत्राचार गरिएको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले ईभीएमका लागि बजेट उपलब्ध नभए सरकार आफैँले व्यवस्थापन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?