२३ असार, एजेन्सी । गुगल फोटोजले पप-अप युजर इन्टरफेसमा परिवर्तन गर्ने भएको छ। प्रयोगकर्ताहरूलार्इ तत्काल सेयर र लाइब्रेरी म्यानेजमेन्टमा सहजताका लागि फोटोजले इन्टरफेसमा परिवर्तन गर्ने भएको हो।
यस वर्ष गुगलले एन्ड्रोइडमा फोटो एपका लागि प्रमुख अपडेटहरू र पुन: डिजाइनहरू जारी गर्दैछ। पहिले सेयरिङ सेक्सनमा अपडेट ल्याउने घोषणा गरेको गुगलले अहिले लाइब्रेरी ट्याबको पुनः डिजाइन गर्ने घोषणा गरेको हो।
एक रिपोर्टमा प्रकाशित अनुसार प्रयोगकर्ताहरूले फोटो तथा भिडियोहरू सेलेक्ट गर्दा नयाँ पप-अप देख्नेछन्। अहिले यो अपडेट परीक्षणको क्रममा नै रहेकाले केही डिभाइसहरूमा देखिएको समेत बताइएको छ।
नयाँ युजर इन्टरफेसमा स्क्रिनको तल्लो भागमा ‘Sharing’ सहित सबै बटमहरू देख्नेछन्। त्यसैगरी, त्यहाँ डिलिट, प्रिन्ट अर्डर, अर्काइभमा राख्ने र लक फोल्डरमा राख्ने समेत विकल्प देखिनेछन्।
गुगलले अप्रिलमा लाइब्रेरी ट्याब अपडेट गरेको थियो। उक्त अपडेटपछि गुगल फोटोजमा प्रयोगकर्ताहरूले तत्कालका १० वटा एल्मबहरू देख्न सक्नेछन्।