२३ असार, एजेन्सी । चीनको विद्युतीय कार निर्माता कम्पनी बिवाइडी विश्वमा सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बनेको छ। बिवाइडीले अमेरिकी कार निर्माता अर्थात् एलन मस्कको टेस्लालाई पछि पार्दै शीर्ष स्थानमा परेको हो।
चीनको सेन्जेन शहरका निर्माण हुने यस कम्पनीले २०२२ को सुरूवाती ६ महिनामा ६ लाख ४१ हजार कार बिक्री गरेको छ। पछिल्लो वर्षको तुलनामा यो वर्ष बिवाइडीले ३०० प्रतिशत बढी कार बिक्री गरेको हो।
त्यस्तै, दोश्रो स्थानमा रहेको टेस्लाले ५ लाख ६४ हजार कार बिक्री गरेको छ। सांघाइको टेस्ला कारखानामा अवरोध लगाइएका कारण टेस्लाको बिक्री घटेको बताइएको छ।
टेस्लाले मोडल वाइ र मोडल ३ मा समस्या देखिएपछि ९५ हजार कार फिर्ता बोलाइएको थियो। यसका कारण पनि बिक्री घटेको बताइएको छ।
टेस्लाका संस्थापक एलन मस्कले यो वर्ष टेस्लाले पछिल्लो वर्षको तुलनामा १७.९ प्रतिशत कम विद्युतीय कारहरू बेचेको बताउँदै टाउको दुखाइको विषय भएको बताएका छन्।
बिवाइडीले यसै वर्ष विद्युतीय गाडीका लागि प्रयोग हुने ब्याट्री निर्माण गर्नेमा एलजीलाई समेत पछि पारेको छ।