२१ मंसिर २०७९, बुधबार

Logo

उबरले गरेका हजाराैँ गैरकानुनी व्यवहारको विवरण समेटिएको फाइल सार्वजनिक



२७ असार, एजेन्सी । चर्चित राइड शेयरिङ कम्पनिले गरेका गैरकानुनी व्यवहार सार्वजनिक भएको छ। द गार्जियन र अनुसन्धानमुलक पत्रकारहरूको संगठनमा सार्वजनिक फइलले उबरको गैरकानुनी व्यवहार सार्वजनिक गरेको हो।

उक्त फाइलमा कानुन मिचेको, दण्डबाट बच्न विभिन्न माध्यम प्रयोग गरेको, सरकारसँग सम्बन्धित व्यक्तिहरूसँग लबी गरेको, नेताहरूबाट सहयोग लिएको वा पाएको र ड्राइभरहरूलाई शोषण गरेको उल्लेख छ।

उक्त संगठनमा १ लाख २४ हजारभन्दा बढी कागजातहरू सार्वजनिक भएका छन्। जसलाई अहिले उबर फाइल्सको संज्ञा दिइएको छ। सो फाइलमा २०१३ देखि २०१७ सम्म उबरले गरेका गैरकानुनी कामहरूको विवरण सार्वजनिक भएको छ।

अहिले उबर ४० देशमा सञ्चालनमा रहेको छ। यस क्रममा यसका सहसंस्थापक ट्राभिस कलानिकले गरेका साठगाँठ पनि उल्लेख सोही फाइलमा गरिएको छ।

उबर फाइलमा ८३ हजार इमेल, १ हजार वार्ता, विभिन्न नेताहरूसँग गरिएको ९० मिलियन डलरको साँठगाँठ लगायत रहेको छ। उक्त सुचीमा फ्रान्सका राष्ट्रपति इम्यानुयल क्याक्रोँको पनि नाम उल्लेख गरिएको छ।

उनले फ्रान्समा उबर सञ्चालन गर्नका लागि अनैतिक सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार