२० मंसिर २०७९, मंगलवार

Logo

२०२४ मा माइक्रोसफ्टले विन्डोज १२ सार्वजनिक गर्ने अनुमान



Photo Credit : Techviral

१ साउन, एजेन्सी । माइक्रोसफ्टले विन्डोज १२ अपरेटिङ सिस्टमा २०२४ मा सार्वजनिक गर्ने तयारी गरेको छ। अाधिकारीक रूपमा पुष्टि नभएता पनि विभिन्न टेक मिडियाहरूले यो अनुमान गर्न सुरू गरेका छन्।

विन्डोज सेन्ट्रलको रिपोर्ट अनुसार पछिल्ला वर्षहरूमा विन्डोजले सामना गरेको प्रभावपछि नयाँ ढाँचामा विन्डोज १२ सार्वजनिक गर्ने तयारी गरेको छ।

विन्डोज सेन्ट्रल रिपोर्टका अनुसार माइक्रोसफ्टले विन्डोजको नयाँ संस्करणका लागि तीन वर्षको रिलिज साइकल प्रयोग गर्नेछ। यसरी तीन वर्षमा रिलिज गर्दा प्रयोगकर्ताहरूले छोटो अवधिमा थप नयाँ सुविधाहरू प्राप्त गर्ने कम्पनीको मान्यता रहेको छ।

विन्डोजको नयाँ सुविधाहरूको साथ विस्तृत अपडेट वर्षमा एक पटक हुनेछ। यसलाई विन्डोजको मुख्य अपडेट पनि भनिन्छ।

यसको मतलब विन्डोज ११ प्रमुख अपडेटहरू दुई वर्ष पछि समाप्त हुनेछन्। हामी सबैलाई थाहा छ, माइक्रोसफ्टले विन्डोज ११ को नयाँ संस्करणमा 22H2 काम गरिरहेको छ। यो सन भ्याली २ को नामले पनि परिचित छ।

अहिलेसम्म कम्पनीले विन्डोज ११ को तेस्रो संस्करणमा काम गरिरहेको छ। जसको कोडनेम सन भ्याली ३ छ र यसको लन्च २०२३ को लागि सेट गरिएको छ। २०२४ सम्म नयाँ तीन वर्षको चक्रको साथ विन्डोजको नयाँ संस्करणको आशा गर्न सकिने अनुमान छ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको