© 2021-2024
२ साउन, एजेन्सी । विद्युतीय कार टेस्लामा २ मोडल सगरमाथाको बेस क्याम्पमा पुगेका छन्। चीनका भ्लगरहरूले टेस्लाका मोडल वाइ र मोडल एक्स सगरमाथाको बेस क्याम्पमा पुर्याएका हुन् ।
चीनका भ्लगलर रेन्सेन चोङकिङ र उनका साथि टेस्लामा चढेर चीन तर्फबाट नै सगरमाथाको बेस क्याम्प पुगेका हुन्। उनीहरू १५०० माइलको यात्रा गरेर त्यहाँ पुगेका हुन्।
चोङकिङले विश्वमा विद्युतीय कारहरूको सम्भाव्यता पुष्टि गर्नका लागि सगरमाथासम्म टेस्लामा चढेर गएको बताएका छन्।
उनीहरूले सगरमाथासम्म पुग्न टेस्लाका कारहरू केही मोडिफाइ गरेको बताएका छन्। टेस्लाको सुपरचार्जर नेटवर्कका कारण उनीहरू टेस्लामै सगरमाथासम्म पुग्न सकेको बताएका छन्।
चीनमा ८ हजार ७०० भन्दा बढी सुपरचार्जर नेटवर्क रहेका छन्। ती मध्ये अधिकांश ग्रामिण क्षेत्रमा रहेको बताइएको छ।