Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
अपडेट

‘सिसीटिभी विथ राडर गन’ प्रविधिको प्रयोगबाट कारबाहीसँगै राजस्व सङ्कलनमा वृद्धि

‘सिसीटिभी विथ राडर गन’ प्रविधिको प्रयोगबाट कारबाहीसँगै राजस्व सङ्कलनमा वृद्धि
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

४ साउन, काठमाडाैँ । ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।

मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसीटिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो ।

यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । “हामीले २०७८ फागुनदेखि ‘सिसीटिभी विथ राडर गन’ प्रयोगमा ल्यायौँ, यसले विगत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा कारबाही सङ्ख्यामा २२५ र राजस्व सङ्कलनमा २२३ प्रतिशत वृद्धि ल्यायो”, कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भनिन्, “विगतको ‘हैण्डहेल्ड राडर गन’ भन्दा पछिल्लो प्रविधि प्रयोगमा सहज, वैज्ञानिक र उपलब्धिमूलक रहेछ ।”

प्रदेशका आठ जिल्लामध्ये हालसम्म महोत्तरीको गौरिडाँडा, सिरहाको लहान, सप्तरीको भारदह र बाराका निजगढ एवं पथलैयामा ‘सिसीटिभी विथ राडर गन’ जडान रहेका प्रनाउ भण्डारीले जानकारी दिइन् ।

गत आर्थिक वर्ष २०७८÷७९ का पछिल्ला चार महिना (२०७८ चैतदेखि २०७९ असारसम्म) को लेखाजोखा गर्दा त कारबाहीमा ८०४ र राजस्व सङ्कलनमा ३०१ प्रतिशतको वृद्धि भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा ‘हैण्डहेल्ड राडर गन’ प्रविधि प्रयोगमा रहेका बेला दुई लाख ५९ हजार १८८ सवारीसाधन जाँच कारबाही सङ्ख्या र रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । पछिल्लो आर्थिक वर्ष (अब गत आव) २०७८÷७९ मा भने कारबाही सङ्ख्या दुई लाख ६४ हजार ३१० र राजस्व सङ्कलन रु २२ करोड ४४ लाख ४० हजार ५०० भएको कार्यालय अभिलेखको तथ्याङ्क छ । पछिल्लो वृद्धिमा ‘सिसीटिभी विथ राडर गन’प्रविधिको प्रयोग निकै सहयोगी भएको प्रनाउ भण्डारीको भनाइ छ ।

‘सीसीटिभी विथ राडर गन’ले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज भएको ट्राफिक प्रहरी बताउँछन् । गत आव २०७८÷७९ मा कार्यालयले प्रदेशभरिका आठवटै जिल्लामा दुई हजार ८४९ सचेतना कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रमबाट तीन लाख ३९ हजार ९२८ जना सवारी चालक लाभान्वित भएका कार्यालयले जनाएको छ ।

सडकमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाका घटना हुने गरेका छन् । त्यसैले सचेतना कार्यक्रममा मोटरसाइकल चालकलाई नै बढी सहभागी गराइने गरिएको प्रनाउ भण्डारीको भनाइ छ । गत आव २०७८÷७९ मा प्रदेशभरिमा पाँच हजार ७११ सडक सवारी दुर्घटनाका घटना दर्ता भएका जनाइएको छ । त्यसमध्ये ५० प्रतिशतभन्दा माथि मोटरसाइकल दुर्घटना नै रहेका छन् । यद्यपि पछिल्ला दिनमा जाँचमा कडाइ र कारबाही पनि बढाइँदै लगिएपछि तीव्र गतिमा हाक्ने प्रवृतिमा केही सुधार हुँदै गएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?