४ साउन, एजेन्सी । भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले करीब १० लाख सब्स्क्राइबर गुमाएको छ। लामो समयसम्म स्ट्रिमिङमा एकछत्र राज गरेको यस कम्पनी आफ्नो साख जोगाउनै मुस्किल पर्ने अवस्थामा गएको छ।
नेटफ्लिक्सले अप्रिलदेखि जुलाइमा करीब १० लाख सब्स्क्राइबर गुमाएको छ। अझै सब्स्क्राइबरहरूले नेटफ्लिक्स छोड्ने क्रम तीव्र बनिरहेको बताइएको छ।
मंगलबार रिपोर्ट गरिएको ग्राहक घाटा फर्मको इतिहासमा सबैभन्दा ठूलो भएको बताइएको छ। युरोप, अमेरिका र क्यानडका ग्राहकहरूले तीव्र रूपमा सब्स्क्राइब रद्द गरिरहेका छन्।
नेटफ्लिक्सका सब्स्क्राइबरहरू तीव्र रूपमा घट्नुमा सदस्यता शुल्क बढ्नु प्रमुख कारण भएको अनुमान गरिएको छ। नेटफ्लिक्सका ग्राहकरूले अहिले १५.४९ डलर तिरिरहेका छन्।
यसभन्दा अघि जनवरीमा १४ डलर भएको शुल्क सन् २०१९ मा जम्मा ११ डलर थियो।