२१ मंसिर २०७९, बुधबार

Logo

चर्को दबाबपछि इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्नेबारे छलफल सुरू



८ साउन, काठमाडाैँ । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाएका थिए। कार्यदलको सुझावअनुसार सरकारले इम्बोस्ड नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि छलफल थालेको हो ।

प्रदेशको नाम मात्रै नेपाली भाषामा लेख्दा र पूरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्नसक्ने सम्भावनाका बारेमा पनि छलफल भएको छ। यस विषयमा मन्त्रालयले कम्पनीसँग लिखित रूपमा जानकारी मागेको छ। प्रवक्ता नेपालले भने, “देवनागरीमै लेख्नुपर्ने सवालमा संसददेखि सबै ठाउँमा कुरा उठेको छ। यस विषयमा मन्त्रालयले पनि गम्भीरताका साथ निकास खोजिरहेको छ ।”


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार