१२ मंसिर २०७९, सोमबार

Logo

११ सय किलोमिटर यात्रा गरेर टिकटकमा भिडियो पोस्ट गर्ने पूर्वपत्निको हत्या



१० साउन, एजेन्सी । एक अमेरिकीले ११०० किलोमिटर लामो यात्रा गरेर पूर्वपत्निको हत्या गरेका छन्। पूर्वपत्निले उनीहरूको बिग्रिएको सम्बन्धका बारेमा भिडियो बनाएर टिकटकमा पोस्ट गरेपछि उनले हत्या गरेका हुन्।

पूर्वपत्निको हत्या गरेपछि उनी स्वयंले पनि आत्महत्याको प्रयास गरेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ।

सिकागोको अपार्टमेन्टमा २९ वर्षीया सानिया खानलाई मृत र उनका पूर्वपति रहीम अहमदलाई घाइते अवस्थामा  प्रहरीले गत हप्ता फेला पारेको थियो।

एक वर्षअघि मात्रै विहे गरेका उनिहरूले गत मे महिनामा सम्बन्ध बिच्छेद गरेका थिए। न्यु योर्क पोस्टको रिपोर्ट अनुसार अहमदले पूर्वपत्निको हत्या गर्न जर्जियाको अलफेटाबाट इलिनोइससम्म यात्रा गरेका थिए।

हत्या गरिएकी खानले टिकटकमा सम्बन्ध बिच्छेदपछि उनले सामना गर्नु परेको समस्याबारे पोस्ट गर्ने गरेकी थिइन्। उनले टिकटकमार्फत नै उनको परिवारले सम्बन्ध बिच्छेद नगर्न दबाब दिएको पनि उल्लेख गरेकी छिन्।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन