२१ मंसिर २०७९, बुधबार

Logo

ब्याटलग्राउन्डस् मोबाइल इन्डिया अनलाइन गेममा भारतले लगायो प्रतिबन्ध



१५ साउन, एजेन्सी। भारतले ब्याटलग्राउन्डस् मोबाइल इन्डिया अनलाइन गेममा प्रतिबन्ध लगाएको छ। दक्षिण कोरियन कम्पनी क्राफ्टनले बनाएको उक्त अनलाइन गेममाथि भारतले गत हप्ताबाट प्रतिबन्ध लगाएको हो।

एपस्टोर तथा प्लेस्टोर इन्डियाबाट नै उक्त गेम हटाइएको छ। तथापी, भारत सरकारले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन।

तर, गुगलका प्रवक्ताले भने सरकारको निर्देशपछि स्टोरबाट उक्त गेम हटाइएको जानकारी दिएका छन्। त्यसैगरी, क्राफ्टनले पनि सरकारको निर्देशन अनुसार नै यो गेम हटाइएको जानकारी विज्ञप्तीमार्फत दिएकोो छ।

भारत सरकारले चर्चित गेम पब्जि मोबाइलमा प्रतिबन्ध लगाएपछि भारतमा ब्याटलग्राउन्डस् मोबाइल इन्डियामाथि पनि प्रतिबन्ध लगाएको हो। भारत सरकारले २०२० मा एक सयभन्दा बढी चिनियाँ एपमा प्रतिबन्ध लगाउँदा पब्जि पनि सोही सुचीमा परेको थियो।

चिनियाँ कम्पनी टेन्सेन्ट र कोरियन कम्पनी क्राफ्टनले सहकार्य गरेर मोबाइल गेम बनाइरहेका थिए। तर, चिनियाँ एपमाथि प्रतिबन्ध लगाएपछि क्राफ्टनले टेन्सेन्टसँगको सहकार्य तोड्दै ब्याटलग्राउन्डस् मोबाइल इन्डिया सार्वजनिक गरेको थियो।

अब भारतीय सरकारले उक्त गेममा समेत प्रतिबन्ध लगाएपछि भारतका हजाराैँ खेलाडीहरू प्रभावित हुने निश्चित भएको छ। उनीहरूले यो गेम लाइभ खेलेर धेरै पैसा कमाइरहेका थिए।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार