१२ मंसिर २०७९, सोमबार

Logo

म्युजिक स्ट्रिमिङ एप सञ्चालन गर्ने तयारीमा टिकटक



१७ साउन, एजेन्सी। चीनको बाइटडान्स कम्पनीको स्वामित्व रहेको चर्चित सामाजिक सञ्जाल टिकटकले म्युजिक स्ट्रिमिङ एप ल्याउने तयारी गरेको छ।

चर्चित २ एप स्पोटिफाइ र एप्पल म्युजिकलाई चुनाैति दिनका लागि टिकटकले म्युजिक एप ल्याउने तयारी गरेको अन्तरराष्ट्रिय माध्यमहरूमा जनाइएको छ।

बिजनेश इन्साइडरमा उल्लेख भए अनुसार टिकटकले ‘टिकटक म्युजिक’ नामको एप सञ्चालन गर्ने भन्दै प्याटेन्टका लागि गत मे महिनामा नै निवेदन दिएको छ। टिकटकको म्युजिक स्ट्रिमिङ एपले प्रयोगकर्ताहरूलाई स्पोटिफाइले जस्तै संगीत खरिद गर्न, प्ले गर्न, सेयर गर्न र डाउनलोड गर्न दिनेछ।

टिकटकको प्यारेन्ट कम्पनीले यसभन्दा अघि नै म्युजिक स्ट्रिमिङ एपमा भने प्रवेश गरिसकेको छ। बाइटडान्सले भारत र ब्राजिल लगायत केही अन्य देशहरूमा ‘रेसो’ नामक एप सञ्जालन गरेको थियो।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन