Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
इन्टरनेट

ब्लकचेन के हो अनि कसरी छ अरुभन्दा सुरक्षित ?

ब्लकचेन के हो अनि कसरी छ अरुभन्दा सुरक्षित ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

क्रिप्टोकरेन्सी र बिटकोइनको कुरा गर्दा ब्लकचेनको कुरा नआउने त हुँदै हुँदैन तर धेरैलाई ब्लकचेनको बारेमा मजाले ज्ञान हुँदैन या त सिक्न खोजे पनि एकदम अफ्ठेरो लाग्न सक्छ। आखिर के हो त ब्लकचेन? अनि किन यो डिजिटल मुद्राहरू बिच यति चर्चामा छ त?

ब्लकचेन एउटा लेजर जस्तै हो जसले डिजिटल ढाँचामा इलेकट्रोनिक रूपमा जानकारी राख्छ। हामीले कुनै पनि लेनदेन गर्दा कुनै तेस्रो पक्षीयसँग गर्छौ, जसले हामीलाई सुरक्षा र भरोसा दिएको हुन्छ, तर ब्लकचेनले विश्वसनीय तेस्रो पक्षको आवश्यकता बिना विश्वास उत्पन्न गरेर हाम्रो कारोबार सञ्चालन गर्छ।

ब्लकचेनले लेनदेनको सुरक्षित र वि-केन्द्रीकृत रेकर्ड कायम राख्न मद्दत गर्दछ।

ब्लकचेन विकेन्द्रीकरण

ब्लकचेनले एउटा डाटाबेसमा राखिएका डेटाहरूलाई विभिन्न स्थानहरूमा विभिन्न सञ्जाल नोडहरूमा फैलाउँछ। यसले गर्दा यदि कुनै ब्लकमा फेरबदल भएको भए तापनि अरू नोडमा भएको सुरुको सक्कल कारोबारको ब्लक भेटिन्छ। ह्याकरले एउटा नोडको ब्लकको डाटा परिवर्तन गर्न खोजे पनि अन्य थुप्रै नोडमा भएका डाटा फेर्न नसक्ने हुँदा यो तरिकाबाट हाम्रो डाटा एकदम सुरक्षित हुन्छ।

ब्लकचेन कसरी काम गर्छ त?

ब्लकचेनले ब्लकहरूमा डेटा भण्डारण गर्दछ जुन त्यसपछि क्रिप्टोग्राफी मार्फत सँगै जोडिन्छ। यसरी सबै ब्लक एउटै साँचोमा जोडिए जस्तै हो, जसमा हरेक नयाँ कारोबार ब्लकहरूको अन्तिममा गएर जोडिँदै जान्छ। हरेक ब्लकको एउटा आफ्नो छुट्टै कोड वा नम्बर हुन्छ जसलाई ह्यास (Hash) भनिन्छ। ह्यासमा लेनदेन गरेका व्यक्तिको जानकारी हुन्छ। त्यसका साथै लेनदेन गरेको व्यक्तिको पहिलाको लेनदेन गर्दा बनेको ब्लकको ह्यास पनि हुन्छ। यसरी हरेक ब्लकको ह्यासले पहिले भएका लेनदेनको ह्यासको जानकारी दिन्छ र सबै ब्लकलाई एकै ठाउँमा जोडिन जान्छ।

ह्यासभित्र रहने जानकारी:

  • लेनदेन गर्ने व्यक्तिहरूको जानकारी
  • योभन्दा पहिले कारोबार गर्दा बनेको पहिलेको ब्लकको ह्यास

यस्तो प्रक्रिया एकदम सुरक्षित मानिन्छ किनकि यदि कुनै ह्याकरले कुनै एउटा ब्लकमा फेरबदल गर्न खोज्यो भने त्यो ब्लकको ह्यास नै परिवर्तन हुन्छ। यसले गर्दा त्यो ब्लकमा फेरबदल भएको बुझ्न सकिन्छ। यदि एक प्रयोगकर्ताले बिटकोइनको लेनदेनको रेकर्डसँग छेड छाम गरेमा, अन्य सबै नोडहरूले एक अर्कालाई क्रस-रेफर गर्नेछन् र गलत जानकारीसँग नोडलाई सजिलै पत्ता लगाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?