१२ मंसिर २०७९, सोमबार

Logo

गाडी नम्बर स्पष्ट देखिने सिसि क्यामेरा जडान



२३ साउन, कास्की। ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामेरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताए ।

दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्ड सहित वेभ क्यामरा उपलब्ध गराएको हो । सिसि क्यामरा जडान ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा सहज हुने देखिएको छ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा धेरै घुम्ति र साँगुरो रहेको र दैनिक ३ देखि ४ सय वटा सवारी साधन दैनिक गुड्ने गरेका छन् ।

उच्च प्रविधि सहितको सिसि क्यामरा जडान गरेर ट्राफिक कार्यालय स्याङ्जाले अघिल्लो एक हप्ताबाट अनुगमन गरेको हो । कुनै सवारी साधन कति वेला आए र गए, कहाँ के भयो, कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको कुवँरले बताए ।

यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको बताउदै कुवँरले मोवाइल, पर्स, छाता, झोला जस्ता दर्जन भन्दा बढी सामानहरु पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई बुझाएको बताए ।

जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सिसि क्यामरा मध्ये केहीको मर्मतका लागि पनि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । बस तथा मोटर गाडीका नम्बर प्लेट सजिलै देखिएको बताउदै उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले अव, स्कुटर र मोटरसाइकलको समेत देखिनेगरी क्वालिटी युक्त क्यामराका लागि पनि सहयोग गर्ने बताए ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन