२० मंसिर २०७९, मंगलवार

Logo

विश्वभर गुगल डाउन



२४ साउन, एजेन्सी। जायन्ट टेक कम्पनी गुगल डाउन भएको छ। मंगलबार केही समयका लागि गुगलले डाउन भएको हो।

संयुक्त राज्य अमेरिकाको एक डाटा सेन्टरमा विष्फोट हुँदा धेरै कर्मचारी घाइते हुँदा गुगल डाउन भएको बताइएको छ।

अमेरिकी राज्य आयोवाको काउन्सिल ब्लफ्सको डाटा सेन्टरमा इलेक्ट्रिक सर्ट हुँदा तीन इलेक्ट्रीशियनहरू गम्भीर घाइते भएको स्थानीय पुलिस र गुगलले समाचार साइट एसएफ गेटलाई बताएका छन्।

सोमबार स्थानीय समय अनुसार दिउँसो करिब १२ बजे विद्युतीय कर्मचारी डाटा सेन्टर भवन नजिकैको सबस्टेसनमा काम गरिरहेका बेला दुर्घटना भएको बताइएको छ।

गुगलमा केही सर्च गर्दा ‘Error’ देखिएको थियो। डाउन डिटेक्टरका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया र सिंगापुरका मानिसहरूले समस्याहरू रिपोर्ट गरेका थिए।

सन् २००९ मा खोलिएको डेटा सेन्टरमा उक्त घटना भएको बताइएको छ। विश्वभर २३ वटा डाटा सेन्टर रहेका गुगलको अमेरिकामा मात्रै १४ वटा रहेका छन्।

अहिले गुगलको सेवा पुनः सुचारू भइसकेको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको