© 2021-2024
२५ साउन, एजेन्सी। मेटाले ह्वाट्सएप प्रयोगकर्ताहरूको लागि नयाँ गोपनीयता सुविधा (प्राइभेसी फिचर)हरू घोषणा गरेको छ। मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ह्वाट्सएपका नयाँ फिचरहरू सार्वजनिक गरेका हुन्।
ह्वाट्सएपको नयाँ गोपनियता सुविधाहरू अन्तर्गत कसैले थाहा नपाउने गरी ग्रुप च्याट छोड्न, अनलाइन स्टाटस कन्ट्रोल गर्न र स्क्रिनसटहरू ब्लक गर्न सकिने जानकारी दिइएको छ।
मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ह्वाट्सएपको नयाँ गोपनियता सुविधाहरूले त्यहाँ गरिने कुराकानीहरू मानिससँग प्रत्यक्ष भेटेर गरिने जत्तिकै सुरक्षित र गोप्य हुने बताएका छन्।
ह्वाट्सएपले युकेबाट सुरु हुने विश्वव्यापी अभियानमा हाइलाइट गर्दै यस महिना नयाँ सुविधाहरू सुचारू गर्न थाल्ने बताइएको छ।