Trending:

दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट
World News

के हो प्रोसेसरमा रहेका कोर र थ्रेडको अर्थ?

के हो प्रोसेसरमा रहेका कोर र थ्रेडको अर्थ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

३१ साउन, काठमाडाैँ। यदि तपाईँ कम्प्युटर अनि ल्यापटपका विभिन्न विशेषता जान्न रुचि राख्नु हुन्छ भने तपाइले अवश्य पनि इन्टेल र राइजनको फिचरहरूलाई कोट्याई कोट्याई हेर्नु भएको होला। तपाईँलाई पहिले नै थाहा छ, इन्टेल र AMD वर्तमान सिपियु विश्वका दुई ठुला खेलाडीहरू हुन्। सन् २०१० देखि इन्टेल सिपियुको बजारको एक्लो राज चलेको भए तापनि सन् २०१७ देखि राइजन पनि आफ्नो नयाँ प्रविधि र विशेषता लिएर इन्टेललाई टक्कर दिन आयो।

यस सम्बन्धमा रहेको निरन्तर विवादमा इन्टेल र राइजनका विशेषता तुलना गर्दा यी प्रोसेसरका कोर र थ्रेडको कुरा नगरी विवाद सकिँदैन। अझै भन्नु पर्दा राइजनको विशेषतालाई अझै केन्द्रित गर्दा राइजनको कोर र थ्रेड नआउने त कुरै हुँदैन। के हो त वास्तवमा प्रोसेसरको कोर र थ्रेड?

कोर

सिपियुको एउटा मुख्य भागमा कोर पर्न जान्छ। कम्प्युटरको सुरुका वर्षहरूमा सिपियुहरूमा एकल कोर हुन्थ्यो। यसको अर्थ के भने भौतिक सिपियुमा केवल एक केन्द्रीय कार्य गर्ने एकाइ हुन्थ्यो। यसले गर्दा काम गर्न ढिलो हुने, धेरै लोड थाम्न नसक्ने, अनि एकदम जटिल कार्यहरू गर्दा कम्प्युटर राम्ररी नचल्ने समस्याहरू देखिन लागे। त्यसको समाधानको लागि निर्माताहरूले अतिरिक्त ‘कोर’ थप्न थाले जसले हाम्रो कामको रफ्तार बढाइदियो।

अहिले आएर हेर्दा चाहिँ प्रोसेसरमा दुई, चार, आठ गरी भिन्न भिन्न सङ्ख्यामा कोरहरू राखिएको हुन्छ। कोरले गर्ने मुख्य काम हाम्रो जुनै कामलाई पनि आफूले लिएर अघि बढाउने जस्तै हो। मानौँ तपाइले आफ्नो ल्यापटपमा एक तिर गीत बजाउँदै हुनुहुन्छ र अर्को तर्फ एडिटिंग गर्दै हुनुहुन्छ भने तपाइको एउटा कोरले एउटा काम अनि अर्को कोरले अर्को काम छुट्टै छुट्टै सम्हाल्ने हुँदा एउटा काममा बिचमा केही वाधा आए पनि अर्को काम आफ्नै लयमा अघि बढ्छ।

यसले गर्दा हामी धेरै काम एकै पटक गर्न सक्छौ साथै कम्प्युटर लोड हुने वा ह्यांग हुने समस्या पनि हुँदैन।

अब बुझ्नु आवश्यक यो छ कि थ्रेड के हो?

इन्टेलले यसलाई हाइपर-थ्रेडिंग भन्दछ भने राइजनले यसलाई मल्टी-थ्रेडिंग भन्छ। काम भने दुवैको उस्तै हुन्छ।

जब तपाईँ डुअल-कोर सिपियु देख्नुहुन्छ तब तपाईँ सिपियुमा हेर्दै हुनुहुन्छ जसमा केही केन्द्रीय प्रोसेसिंग एकाइहरू छन्। एक डुअल-कोर सिपियु कुनै पनि समयमा दुई वटा प्रक्रियाहरू एकै साथ चलाउन पूर्ण रूपमा सक्षम छ। यसले तपाईँको प्रणाली छिटो बनाउँछ र तपाईँको सिपियुले एकै साथ धेरै चीजहरू गर्न सक्दछ।

जब तपाइको कम्प्युटरले थ्रेडको अवधारणा ल्यायो, त्यसले वास्तवमा कुनै नयाँ कम्प्युटर पुर्जा हालेको भने होइन। यसमा चाहिँ कम्प्युटरले एक चाल खेल्छ जसले तपाईँको अपरेटिंग सिस्टमलाई विश्वास दिलाउँछ कि यसमा धेरै फरक सिपियुहरू संलग्न छन्। वास्तवमा त्यहाँ केवल एउटा मात्र सिपियु हुन सक्छ। यो थ्रेडिंगले तपाइको कम्प्युटरलाई छिटो बनाउँदछ र सबै राम्रो प्रदर्शन प्रदान गर्दछ।

तपाईँसँग डुअल-कोर सिपियु छ भने तपाइको अपरेटिंग सिस्टमलाई विश्वास गर्न धोखा दिइनेछ कि परिणाममा चार तार्किक सिपियुहरू छन्। यी तार्किक सिपियुहरूले तर्कको प्रयोगमार्फत प्रणालीको गति बढाउँछ। यसले हार्डवेयर कार्यान्वयन संसाधनहरू व्यवस्थित गर्दछ।

सिपियु कोर भौतिक सिपियु भित्र वास्तविक हार्डवेयर पुर्जा हो। अर्कोतर्फ, थ्रेडहरू भर्चुअल पुर्जाहरू हुन् जसले हातमा कार्यहरू व्यवस्थापन गर्दछन्। त्यहाँ धेरै फरक तरिकाहरू छन् जसमा सिपियुले धेरै थ्रेडहरूसँग अन्तरक्रिया गर्दछ। सामान्यतया, थ्रेडले सिपियुमा कार्यहरू फिड गर्दछ।

यसरी काम गर्दा कम्प्युटरले काम दिनको लागि धेरै विभागहरू पाउने छ, जसले गर्दा कुनै पनि काम रोकिँदैन, र धेरै कार्यहरू एकै पटक गर्न सकिन्छ। थ्रेडको अवधारणा अपनाउनुको मुख्य कारण नै यसले मल्टी-टास्कींगमा ल्याउने सहजता हो।

यो थ्रेडको तरिकालाई राइजनले अपनाएको छ, जसले गर्दा पनि अहिले राइजनको लोकप्रियता बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?