२ भदाै, काठमाडाैँ । एकदमै गर्मी वा तापले तपाईँको कम्प्युटरलाई असर गर्न सक्छ। जब बाहिरको तापक्रम अत्यधिक तातो हुन्छ, यसले तपाईँको कम्प्युटर भित्रको हार्डवेयरको आयु घटाउन सक्छ। कम्प्युटरको प्रोसेसर एउटा तापक्रममा राम्ररी काम गर्न सक्छन्। बढी तापक्रम भयो भने यसले ह्यांग हुने, लोड हुने वा कम्प्युटरकै सिस्टम बिगारिदिन सक्ने हुन्छ। त्यसले गर्दा कम्प्युटरलाई राख्ने सही वातावरण बुझिराख्नु आवश्यक छ।
अत्यधिक गर्मीले तपाईँको कम्प्युटरको मदरबोर्ड, सिपियु र अन्य महत्त्वपूर्ण पार्टपुर्जा बिगारिदिन सक्छ। यसले तपाईँको कम्प्युटरको जीवनकालको आयुलाई उल्लेखनीय रूपमा कम गर्दछ।
कस्तो वातावरणबाट टाढा राख्ने त कम्प्युटरलाई?
अत्यधिक तापमान
तपाइले आफ्नो कम्प्युटरलाई झुक्किएर पनि प्रत्यक्ष सूर्यको प्रकाशमा छोड्नु हुँदैन। त्यसबाट आउने सिधा तापले कम्प्युटरलाई अधिक हानि पुर्याउछ।
यदि तपाईँ कुनै ठाउँबाट आफ्नो कोठामा प्रवेश गर्दै हुनुहुन्छ भने पहिला तपाईँको कम्प्युटरलाई हालको कोठाको तापक्रममा अभ्यस्त हुन समय दिनु आवश्यक छ। यसले गर्दा सबै पाट पुर्जा बिस्तारै आफ्नो कोठाको तापक्रममा मिल्न जान्छन् र अनि मात्र सबै तरिकाले काम गर्न सक्दछन्।
तपाईँको कम्प्युटरलाई बेला बेलामा सास फेर्न दिनु पनि उत्तिकै जरुरी छ। लगातार काम गरिरहँदा कम्प्युटर तातेर धेरै तापक्रममा जान सक्छ। यस कारण बेला बेला एक छिन त्यसलाई चिसो हुन समय दियो भने यसले तपाइको कम्प्युटर अझै राम्ररी र लामो समय सम्म काम गर्न सक्छ।
कम्प्युटरलाई लामो समयको लागिकारमा छोड्नु पनि राम्रो हुँदैन। यदि यो एकदम आवश्यक हो भने तपाईँको कम्प्युटर कुनै तातो वा चिसो वातावरणमा नहोस्। साथै, त्यहाँ राख्दा कम्प्युटर बन्द गरेर मात्र राख्नु होला।
अधिक चिसो तापक्रमले तपाईँको कम्प्युटरलाई केही असर गर्दैन। तपाईँले चिन्ता गर्नुपर्ने मुख्य कुरा चाहिँ यो हो कि तपाईँको कम्प्युटरलाई चिसो तापक्रमबाट तातोमा ल्याउनु अघि ख्याल गर्नु पर्ने हुन्छ। जब कम्प्युटर तातो तापक्रममा हुन्छ, तब यसले ताप निकाल्छ। यसलाई एक्कासि चिसो वातावरणमा लग्यो भने त्यो निस्किएको ताप जमेर पानीमा परिणत हुन सक्छ, जुन कम्प्युटरको लागि एकदमै हानिकारक भइदिन्छ।
कम्प्युटरहरूको विभिन्न प्रोसेसर कम्पनीहरूले भित्री मेकानिक्सलाई चिसो राख्न अनेकन् तरिकाहरू अपनाउँछन्। बिल्ट-इन फ्यानको साथ कम्प्युटर छिटो कुल हुन्छ, तर अतिरिक्त भेन्टिलेसनले मेशिनको दीर्घकालीन प्रयोगबाट उत्पन्न हुने तापको मात्रा सीमित गर्न मद्दत गर्न सक्छ।
अन्दाजमा भन्नु पर्दा तपाईँको कम्प्युटर कोठाको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम वा २७ डिग्री सेल्सियस भन्दा माथि जानु हुँदैन। कुनै पनि दिशामा ती सङ्ख्याहरू भन्दा बढी तापमानले तपाईँको कम्प्युटरको भित्री संयन्त्रको लागि खराब समाचारहरू दिन सक्छ। त्यसैमाथि सबैभन्दा ठिक तापक्रम’ भने १८-२१ डिग्री सेल्सियस को बिच हुनुपर्छ।