Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

कारोबारको स्वरूप बदल्ने इसेवाको यात्रा र सफलता

कारोबारको स्वरूप बदल्ने इसेवाको यात्रा र सफलता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ भदाै, काठमाडाैँ । कल्पना गर्नुहोस्: यो डिजिटल युगमा तपाईँ आफ्नो सबै भुक्तानी र लेनदेनहरू कार्यालय बाहिर लाइनमा उभिएर गर्दै हुनुहुन्छ। यो सोच्दै झन्झटिलो छ हैन त? अहिले सोच्दा वाक्क लाग्दो सुनिए तापनि केही वर्षअघि त बिजुलीदेखि केबलको बिल सबै दिनभर लाइनमै बसेर तिरेको प्रायलाई याद नै होला।

यस अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नको लागि केही वर्ष अघि नै इन्टरनेटमा हाम्रो समाधान आयो। जब इन्टरनेट हामी नेपालीहरूले रमाइलो गर्ने विलासी चीजहरूको लागि प्रयोग गर्दै थियौँ। त्यही समयमा इसेवा अस्तित्वमा आयो। यसले हाम्रो दैनिक जीवनलाई नै परिवर्तन गरिदियो।

इसेवाको सुरुका दिनहरु

सन् २००९ मा इसेवा नेपालको पहिलो मोबाइल वालेट बन्यो। यो F1Soft कम्पनीद्वारा स्थापना भएको थियो। यसले हरेक दिन २ लाख पटकभन्दा बढी कारोबार गर्छ। F1Soft ले हाल नेपालका ९०% भन्दा बढी वित्तीय संस्थाहरूलाई FinTech उत्पादनहरू मार्फत सेवा दिइरहेको छ। त्यसका साथै यसले नेपालमा ३० लाखभन्दा बढी मानिसहरूलाई विभिन्न वित्तीय सेवाहरूमा जोडेको छ।

१३ वर्षको अवधिमा धेरै मानिसहरू डिजिटल वालेटको संसारमा सामेल भएका छन्। खाजामा जाने होस् वा हवाई टिकट लिनको लागि नै किन नहोस्, बिजुलीको बिल तिर्न होस् वा खाने पानीको बिल, धेरै नगद प्रयोगकर्ताहरूको भुक्तानी व्यवहार परिवर्तन भएको छ। अहिले झ्याप्प पैसा बोकेर हिँड्ने धेरै भेटिँदैनन्। इसेवा गर्दिन्छु भन्दै जहाँ पनि फोन निकाल्नेको सङ्ख्या बढ्दै छ।

अहिले हेर्दा ओहो कस्तो सजिलो भन्ने हुन्छ होला। तर इसेवाको यात्रा एकदम कठिन थियो। इसेवाले बजारमा आफूलाई स्थापित गर्न निकै सङ्घर्ष गरेको छ । यो सञ्चालनमा आएपछि पनि देशमा डिजिटल कारोबारका लागि आवश्यक पूर्वाधारको अभाव थियो ।

“हामीले मोबाइल भुक्तानीको कुरा गरिरहेका थियौँ, तर त्यति बेला पर्याप्त मोबाइल फोन थिएनन्। न त इन्टरनेटको पहुँच जताततै थियो।” भन्दै सुरुका दिनहरु विश्वास ढकालले सम्झिए।

कम्पनी स्थापना भएको करिब पाँच वर्षपछि मात्र धेरैको हातमा मोबाइल पुग्यो । त्यसै गरी इन्टरनेट सेवा प्रदायकको वृद्धि पनि तीव्र गतिमा हुन थाल्यो । यी सबै प्राविधिक विकासले नेपालमा डिजिटल कारोबारको सफलताको ढोका खोलिदिएको छ ।

योसँगै इसेवा आफ्नो वृद्धिको दोस्रो चरणमा प्रवेश गर्‍यो। प्रयोग गर्ने उपभोक्ता मात्र नभएर त्यसलाई सम्हाल्ने सही नियम, कानुन र निकायको अभावले इसेवालो सुरुको दिनमा कठिनता भोग्यो। बिस्तारै बिस्तारै जब नेपालमा पनि डिजिटल लहर आयो। त्यस पश्चात् भने ग्राहक, लगानीकर्ता, बैङ्क, र अन्य सबैमा डिजिटल लेनदेन बारे जानकारी पुग्न लाग्यो। त्यसले गर्दा यसको प्रयोगकर्ता मात्र नभएर लोकप्रियतासम्म बढ्न गयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?