Trending:

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो Apple Intelligence भनेको के हो, कहिले आउँदैछ र कसले पाउनेछ ?
अपडेट

कसरी काम गर्छ टच स्क्रिनले ?

कसरी काम गर्छ टच स्क्रिनले ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ भदाै, एजेन्सी। आजको समयमा लगभग सबै बिजुली वा इलेक्ट्रोनिक उपकरणहरूमा टच स्क्रिन हुन्छ। स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच, एटिएम मेशिनदेखि विशाल औद्योगिक मेशिनसम्म सबैमा अहिले सहजता र रफ्तारको लागि टच स्क्रिन डिस्प्ले भेटिन्छ। लगभग सबै चीजहरू जुन कम्प्युटर मेशिनसँग मानव अन्तरक्रियाको आवश्यकता पर्दछ। त्यसमा टच स्क्रिन चाहिन्छ नै।

त्यही टच स्क्रिनलाई फेरी कुनै पन्जा लगाएर चलायो भने चल्दैन। स्क्रिनमा पानी पर्‍यो भने पनि तपाइको स्क्रिन अनियन्त्रित रूपमा यता उता चल्छ। सबैले प्रयोग गर्ने टच स्क्रिन आखिर कसरी चल्छ त?

टच स्क्रिनका प्रकारहरु:

रेसिस्टिभ टच स्क्रिन

रेसिस्टिभ भनेको कुनै पनि प्रकारले बाधा पुर्‍याउने हो। टच स्क्रिनमा रेसिस्टिभ किन आवश्यक त?

सबैभन्दा सस्तो टच स्क्रिनमा रेसिस्टिभ टच स्क्रिन पर्दछ। यसले सस्तो ग्लास पदार्थ प्रयोग गरेर सक्दो टच सिस्टम दिन्छ। यसले सही रूपले काम गर्न हामीले बेस्सरी स्क्रिनलाई थिच्नु पर्दछ।

यसमा स्क्रिनमा भएको सम्पर्कको बिन्दु निर्धारण गर्न स्क्रिनमा लागू हुने दबाबमा निर्भर गर्दछ।

एटिएमजस्ता डिभाइसमा हामीले कहिले बारम्बार थिचेर पनि त्यसले बुझ्दैन। यस्तो हुनुको कारण यही स्क्रिन सही रूपले नथिचिएको र त्यसले गर्दा भित्री मेकानिजमले राम्ररी प्रतिक्रिया दिएको हुन्छ।

क्यापेसिटिभ टच स्क्रिन

क्यापेसिटिभ टच स्क्रिनहरु भने दबाबमा भर पर्दैनन्। तिनीहरूले एक वस्तुबाट इन्पुटको प्रतिक्रिया दिन्छन् जसले बिजुली चार्ज दिन्छ। तपाईँको औँला तिनीहरूमध्ये एक पनि हो।

यस्तो स्क्रिनका साथ स्पर्श हुने बिन्दुलाई सेन्सरको प्रयोग गरेर इलेक्ट्रोस्टाटिक क्षमतामा भएको परिवर्तन निकालिन्छ। यसबाट आएको सानो भोल्टेज परिवर्तनद्वारा टचको सही ठाउँ पहिचान गरिन्छ।

सेन्सरहरूले मानव शरीरको स्थिर विद्युत् क्षमताद्वारा हुने स्क्रिनमा हलचललाई पहिचान गर्दछ। यस्तो गर्ने भएकोले जब औँला स्क्रिनमा आइपुग्छ, त्यहाँ फेरिएको करेन्ट र भोल्टेज निकालेर सेन्सरले कस्तो इन्पुट दिन खोजेको बुझ्दछ।

यसको मेकानिजम

रेसिस्टिभ र क्यापेसिटिभ टच स्क्रिन दुवैमा छुवाइको भरमा सन्देश बुझ्ने काम हुन्छ। हाम्रो टच स्क्रिनहरूमा भित्र थुप्रै तहहरू हुन्छन्। त्यसमध्ये सबैभन्दा आवश्यक दुई तह हुन्छन्। दुई वटा तहमा करेन्ट र भोल्टेजको काम हुन्छ भने त्यही दुई तहलाई एउटा भागले छुट्टाउँछ।

जब हामीले त्यो स्क्रिनलाई थिच्छौ, तब माथिको स्क्रिन थोरै लच्किन्छ। जसले गर्दा तल रहेका स्पेसर साथै तलको भागमा छोइन जान्छ। यसले दुई भागबिच करेन्ट बग्ने बाटो दिन्छ। जब त्यहाँ करेन्टको प्रभाव सेन्सरले थाहा पाउँछ। सेन्सरले अनि त्यही अनुसारको प्रतिक्रिया दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?