Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

यस्ता छन् पासवर्ड सुरक्षित राख्ने तरिकाहरु

यस्ता छन् पासवर्ड सुरक्षित राख्ने तरिकाहरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ भदाै, काठमाडाैँ। गुगलदेखि फेसबुकसम्म, जुमदेखि युट्युबसम्म हाम्रो डाटा र व्यक्तिगत जानकारीहरु लुकेका हुन्छन्। त्यसलाई अरुबाट बचाएर राख्नको लागि पासवर्ड दिईइको हुन्छ। तर कति व्यक्तिले सहि रुपमा पासवर्ड नराखेर आफ्नो अकाउन्ट गुमाउन पर्दछ।

सहि पासवर्ड हुनु अहिलेको समयमा एकदमै आवश्यक छ। ह्याकरहरू दिनरात नयाँ नयाँ प्रविधि र तरिका प्रयोग गरेर हाम्रो पासवर्ड खोज्न प्रयास गर्दछन्। त्यसकारण पनि अहिले एकदमै सतर्क बहेरा आफ्नो पासवर्ड बचाउनु आवश्यक बनेको छ।

आज हामी पासवर्ड राख्दा गर्न हुने र नहुने कुराहरु बारे छलफल गर्छौ।

दुई-कारक प्रमाणीकरण प्रयोग गर्ने (Two-factor authentication)

पासवर्ड मात्र प्रयोग गर्नु भनेको वेबसाइटमा आफूलाई प्रमाणित गर्ने सुरक्षित तरिका होइन। त्यस कारण पनि दुइ-कारक प्रमाणीकरणको बारेमा बुझ्नु आवश्यक छ।

यो तरिकाबाट तपाईँले आफ्नो प्रयोगकर्ता नाम र पासवर्डको साथमा आफ्नो नम्बरको जानकारी दिनु पर्ने हुन्छ। यसले गर्दा तपाइँ नै यसमा लग इन गर्दै हुनुहुन्छ भनि प्रमाणित गर्न दिईइको नम्बरमा टेक्स्ट म्यासेज प्राप्त गर्न सक्नुहुनेछ। यसले अझै बलियो तरिकाले तपाइको खाताहरु सुरक्षित राख्दछ।

यो पठाईएको नम्बर हरेक पटक फरक हुने हुदा जबसम्म कसैले तपाईंको पासवर्ड जान्दैन र तपाईंको फोन हुँदैन तबसम्म उनीहरूले तपाईंको खातामा पहुँच प्राप्त गर्न सक्दैनन्।

यो तरिकाले पासवर्डभन्दा पनि धेरै सुरक्षित बनाउदछ।

सबै वेबसाइटमा एउटै पासवर्ड प्रयोग नगर्ने

हामीले प्रायजसो सबैतिर खाता बनाउदा भिन्न भिन्न पासवर्ड राख्नु भन्दा सबैतिर उही पासवर्ड राखे सजिलो भइहाल्छ नि भनि सोच्दछौ। तर यस्तो गर्नु एकदम असुरक्षित हुन्छ।

केहि गरेर ह्याकरले एउटा साइटमा तपाइको प्रयोगकर्ता नाम र पासवर्ड थाहा पाउन सक्दछ। यदि तपाइले सबै तिर उही पासवर्ड राख्नु भएको छ भने तिनीहरूसँग धेरै साइटहरूको लागि तपाईंको प्रयोगकर्ता नाम र पासवर्ड हुनेछ।

विशेष गरेर तपाईंले अनलाइन बैंकिंग प्रयोग गर्दा धेरै लगनशील र धेरै सचेत हुन आवश्यक छ।

आफ्नो पासवर्ड अरुलाई नदिने

अहिलेको डिजिटल संसारमा तपाइको पासवर्ड भनेको तपाइको सम्पत्ति जस्तै हो। यसलाई झुक्किएर पनि अरु कसैलाई दिनु हुदैन। चाहे त्यो तपाइको परिवार होस् वा साथिभाइ नै किन नहुन्, तपाइको पासवर्ड केवल तपाइँसँग नै सिमित हुनु पर्दछ।

अक्षर र नम्बर सहित १५ देखि २० क्यारेक्टर भएको पासवर्ड राख्ने

तपाइको जीवनसँग सम्बन्धित कुनै पनि विशेष जानकारी तपाइको पासवर्डमा हुनुहुदैन। जन्म मिति, परिवारको सदस्यको नाम, पाल्तु जनावरको नाम, विशेष दिनहरु, आदि जस्ता कुराहरुलाई तपाइले झुक्किएर पनि आफ्नो पासवर्डमा राख्नु हुदैन।

त्यसै गरि कुनै पनि भएको शब्दलाई जुन सब्दाकोशमा भेटिने सम्भावना हुन्छ, त्यसको सब्दहरुलाई सकेसम्म आफ्नो पासवर्डबाट निषेद गर्नु पर्छ।

अक्षर र संख्या दुवै सहित कुनै क्यारेक्टरलाई प्रयोग गर्ने प्रयास गर्नुहोस्। हुन सक्छ तपाईंको मनपर्ने फुटबल टोलीमा खेलाडीहरूको नामको पहिलो अक्षर प्रयोग गर्नुहोस् वा तपाईंले स्कूलमा सिकेको गीतको कुनै लाइन हुन्छ, सबै कुराहरु मिसाएर एउटा लामो दह्रो पासवर्ड बनाउन आवश्यक छ।

पासवर्ड सकेसम्म १५ वा २० क्यारेक्टरहरू सम्म राख्दा राम्रो हुन्छ। केहि सम्भावित पासवर्डहरु यस्ता छन्:

rZy-0g5&ho3@TT

h0^^Ud01&@-)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?